निर्देशिका प्रकाशन गर्न निर्देशन

१ चैत्र २०७५
banner

काठमाडौं। राष्ट्रिय सभाको प्रत्यायोजित ब्यबस्थापन तथा सरकारी आश्वासन समितिले नेपाल सरकारका मन्त्रालय बिभाग तथा मातहतका कार्यालयहरुले बनाएका निर्देशिका कार्यविधिहरु सार्वजनिक प्रकाशन गर्न निर्देशन दिएको छ। 

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वसाधारण जनताले निर्देशिका कार्यविधि बारे थाहा नपाउदा सेवा प्राप्त गर्न झन्झटिलो भएको भन्दै निर्देशिका प्रकाशन गर्न निर्देशन दिएको हो। समितिले लामो समय देखि विभिन्न कार्यदल बनाएर मन्त्रालयहरुको प्रत्यायोजित अधिकारको कानुनी र संबैधानीक परीक्षण समेत गरिरहेको छ।

समितिले विभिन्न मन्त्रालय तथा मातहतका बिभाग र कार्यालयहरुले आफूखुसी निर्देशिका जारी गर्ने, विनियम बनाउने, कार्यविधि बनाउने, आदेश दिने गरेको पाइएको भन्दै सबै सरकारी निकायले यसरि जारि गरेका सबै आदेश,निर्देशिका, विनियम कार्यविधि समितिमा पठाउन पनि नेपाल सरकारका सबै मन्त्रालयहरु लाई निर्देशन दिएको छ।

यस्तै समितिले संघीय संसदका बैठकमा मन्त्रालयका मन्त्रीहरुले प्रतिबद्धता जनाएका बिषयमा अध्ययन गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा मन्त्रीहरुलाई छलफलको लागि समितिमा बोलाउने निर्णय गरेको छ। यस्तै जग्गा प्लाटिंगको बिषयमा भूमिसुधार,सहकारी तथा गरिबी निवारण मन्त्रीलाई बोलाएर छलफल गर्ने निर्णय पनि गरेको छ।

मन्त्रालयले जग्गा प्लाटिंग गर्न कहिले अनुमति दिने कहिले बन्द गरेको पाइएको र यो दुवै आदेश बिना कानुनी आधार दिएको भन्दै समितिले मन्त्रि र सचिव सँग छलफल गर्न लागेको हो।

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |