निर्मला

२८ भाद्र २०७५
banner

ठाकुर बेलवासे

तिमीसंग के थियो निर्मला !
जुन उसका 
दिदी, वहिनी र आमासंग थिएन 
र..तिमी सामु ऊ एकाएक राक्षस बन्यो !

तिमीले सम्भवत सम्झाउन भ्याइनौँ होला 
ऊ उसकी आमाको 
गुप्ताङ्गैबाट जन्मिएको थियो !
र... तिमीले यो पनि सम्झाउन सकिनौं होला 
कि ऊ उसकी आमाका दूधका लाम्टा चुसेर 
उन्मत्त भएको हो !
र..तिमीले अन्तिममा भन्न सकिनौ होला 
राक्षस मसंग भएका अङ्गहरु तेरी आमासंग पनि छन् !

यो मुलुको संघीय संरचना 
आफ्ना भविष्यका सपनाको माला उनेर 
गलामा पहिर्याइ दिएका जनप्रतिनीधि 
देशका राष्ट्रपति या प्रधानमन्त्री 
अझ भनौ न देशका सुरक्षा निकायसंग 
तिम्रो के दुष्मनी थियो निर्मला !
र..
तिमी आफ्नै दाइ या भाइजस्तै लाग्ने 
मान्छे रुपको राक्षसबाट विभत्स बन्यौं !

तिम्रो विभत्सताले 
यतिवेला आधुनिक सभ्यतालाई थुकिरहेको छ 
मेरो देशको सरकार त्यही थुकमा चिप्लेटी खेलिरहेको छ !

तिम्रो विभत्सता देखेर
पुरुष हुनुको पीडाले 
आगोमा जलिरहेको छ, मन 
म आफैलाई थुकिरहेको छु 
म आफैलाई मारिरहेको छु 
कतै म राक्षस बने भने !

मेरो देशको सरकार 
तिम्रो विभत्सताको संगीतमा लीला गर्दै छ 
राक्षसहरुका धुनमा त्रासदी गीत गाइरहेको छ !

पुरुषहुनुको ग्लानीले 
छटपटाएको बेला 
अर्की निर्मलाको विभत्सता सुन्दैछु !


यो समाजले
यो देशले 
तिमजिस्तै दिदी,बहिनी र आमाहरुसंग पनि
शत्रुता बोकेको पो छ कि !

ताजा भिडियो

प्रधानमन्त्री भर्सेज मुख्यमन्त्री । केन्द्र भर्सेज प्रदेश सरकार । संघीयता कार्यान्वयनमा असमझदारी ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l

सरकारको एक वर्ष : नेपाली कांग्रेसको समिक्षा । Nepali Congress ।