निर्मला पन्तका बाबुआमाले गृहमन्त्रीलाई गुनासो सुनाउँदा पत्रकारलाई 'नो इन्ट्री'

२९ भाद्र २०७५
banner

काठमाडौं। कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका मातापिताले शुक्रबार गृहमन्त्रीलाई भेट्ने कार्यक्रम थियो।

शुक्रबार दिउँसो गृहमन्त्रालयमा निर्मलाका मातापितासहित निर्मलाका निम्ति न्याय नागरिक दबाब समूह कञ्चनपुरले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो। यसका लागि सबैजसो मिडियाका पत्रकार गृह मन्त्रालय पुगेका थिए।

जब गृहमन्त्रीलाई ज्ञापन पत्र बुझउने र पीडितले गुनासो सुनाउने कार्यक्रम सुरु भयो। गेटबाहिर बसेका पत्रकारहरु मन्त्रालय परिसरभित्र छिर्न चाहे । तर मन्त्रालयमा तैनाथ सुरक्षाकर्मीले उनीहरुलाई छिर्न दिएनन्। भित्र पहिल्यै केही पत्रकार थिए। उनीहरु यसअघि भएको लागूऔषध सम्बन्धी कार्यक्रमका लागि भित्र छिरेका थिए। तर ठूलो संख्यामा पत्रकार बाहिर थिए।

भित्र कार्यक्रम सुरु भयो। सुरक्षाकर्मीले बाहिर रहेका पत्रकारलाई गेटबाहिरै राखे। सुरक्षाकर्मीले गेटबाहिरका पत्रकारलाई ‘एकछिन पर्खिन’ भन्दै बाहिरै भुलाइरहे। उता भित्र भएका पत्रकार पनि गुनासो सुनाउने र ज्ञापन पत्र बुझाउने ठाउँमा जान पाएनन्। उनीहरुलाई पनि त्यो कक्षबाट बाहिरै राखी ढोका बन्द गरियो।

 

 

भित्र ज्ञापन पत्र बुझउन र गुनासो सुनाउन आएकाले गृहमन्त्रीसँग के गुनासो गरे भन्ने पत्रकारलाई थाहै दिइएन। यद्यपि त्यहाँबाट बाहिर निस्किएका कञ्चनपुरका अगुवा र निर्मलाका मातापिताले बाहिर निस्किएपछि पनि संचारकर्मीसँग आफ्नो पीडा पोखे।

उनीहरुले बाहिर निस्केर संचारकर्मीलाई जे भने त्यही कुराको आधारमा पत्रकारले समाचार बनाए। गृहमन्त्रीले उनीहरुलाई के आश्वासन दिए भन्ने कुरा पनि पत्रकारले प्रत्यक्ष सुनेनन्। बाहिर निस्किएपछि नागरिक अगुवाहरु र निर्मलाका मातापिताले गृहमन्त्रीको कुरा जे जसरी सुनाए त्यसैको आधारमा समाचार बने।

 

यो पनि पढ्नुहोस्

गृहमन्त्रीको जवाफलाई पनि पत्याएनन् निर्मलाका मातापिताले, भने 'हामी ढुक्क छैनौ'

 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l