निर्मलाको न्यायका लागि विप्लव सडकमा, हेर्नुहोस् १२ तस्विर

१६ मङ्सिर २०७५
banner

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आइतबार काठमाडौँमा प्रदर्शन भएको छ।

हत्याको ४ महिना बितिसक्दा पनि सरकारले दोषीलाई कानुनको कठाघारमा ल्याउन नसकेको भन्दै सरकारलाई दवाव दिन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको जनसम्पर्क मञ्च केन्द्रिय समन्वय समितिले प्रदर्शन गरेको हो।

 

 

काठमाडौँको शान्तिबाटिकामा भेला भएका जनसम्पर्क मञ्च नेता कार्यकर्ताले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए। 

निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै राजधानी लगायत देशका विभिन्न शहरहरुमा दिनहुँजसो प्रदर्शन भैरहेका छन्। पछिल्ला केही प्रदर्शन राजनीतिक दल, दलका युवा संगठनहरुले गर्दै आएका छन्।

आइतबार काठमाडौँमा प्रदर्शन गरेको बिप्लव नेतृत्वको नेकपाले सरकारले बलात्कार र हत्यामा संलग्नलाई कारबाही नगरे आफ्नो पार्टीले गर्ने भन्दै चेतावनी पनि दिएको छ।

 

ताजा भिडियो

'माेदी स्टाईल'मा प्रचण्डकाे हिन्दी भाषण ।Puspa Kamal Dahal 'Prachanda' ।

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।