निर्मला पन्त हत्या प्रकरण : शंकास्पद कञ्चनपुरका युवक काठमाडौंबाट पक्राउ

१९ मङ्सिर २०७५

banner

फाइल फोटो

काठमाडौं। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। शंका लागेका ती युवालाई आज काठमाडौंबाट पक्राउ गरिएको बताइएको छ।

निर्मला पन्तको हत्याकाण्डलाई लिएर सरकारको तिव्र आलोचना भइरहेको बेला सरकारले पहलकदमी अगाडि बढाइरहेको छ। शंकास्पद व्यतिmलाई नियन्त्रणमा लिइएको एक प्रहरी अधिकारीले जानकारी दिए।

कञ्चनपुरकै ती युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। हाल उनको नाम खुलाइएको छैन। उनलाई नियन्त्रणमा लिएर आावश्यक अनुसन्धान भइरहेको बताइएको छ। उनीमाथिको अनुसन्धानपछि उनको बारे थप तथ्य खुलाइने प्रहरीको भनाइ छ । 

पक्राउ परेका व्यक्ति लागूऔषध दुर्व्यसनी हुन्। यही प्रकरणमा शंकाको घेरामा रहेका ती युवा सुदुरपश्चिमबाट हराईरहेका थिए। तर, आज उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष