निर्मलालाई न्याय माग्दै स्वतन्त्र युवाहरुको प्रदर्शन, निर्मलालाई 'न्याय खै ?' (फोटोफिचर)

१७ मङ्सिर २०७५

banner

काठमाडौं। निर्मला पन्तको न्यायको माग राख्दै अझै पनि विभिन्न कार्यक्रमहरु भइरहेको छ। तर उनको बलात्कारपछि हत्या भएको करिब ४ महिना बितिसक्दा समेत उनले न्याय पाउन सकेकी छैनन्।

निर्मला पन्तकै लागि न्याय माग्दै स्वतन्त्र युवाहरुले आइतबार साँझ बसन्तपुरमा प्रदर्शन गरेका छन्।

'अपराधी लुके प्रहरीको खोटमा, निर्मलालाई न्याय सरकारको कोटमा', 'प्रहरीः प्रमाण जुटाउनका लागि या मेटाउनका लागि ?', 'म निर्मला मलाई न्याय चाहियो' लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन्।

उनीहरुले गत शनिबार पनि निर्मलाको न्यायको माग गर्दै माइतीघरबाट नयाँ बानेश्वर सम्म प्रदर्शन गरेका थिए।

 

 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष