निर्मला प्रकरणले संसदमा हंगामा, कांग्रेस सांसद भड्किएपछि ... (भिडियो)

२८ भाद्र २०७५
banner

काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारबाही गर्न आनाकानी गरेको र सरकारबाटै दोषी बचाउने काम भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अवरोध गरेको छ ।

बैठक सुरु हुन लाग्दा कांग्रेस सभापति शेरबहादुर देउवासहित सांसदहरु सिटबाट उठेर विरोध जनाएका हुन् । कांग्रेस सांसद दिलेन्द्र बडुले ५० दिन भैसक्दा पनि दोषी पत्ता लगाउन नसक्नुले यो प्रकरणमा सरकार संरक्षित ठूलै शक्तिको चलखेल रहेको आरोप लगाए । उनले वर्तमान सरकार कुन शक्तिले चलाएको छ भन्दै प्रधानमन्त्री केपी ओलीसँग जवाफ मागे ।

कांग्रेस सांदहरुले वैठक अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले सरकारको तर्फबाट जवाफ दिन रुलिङ गर्ने बताए पनि कांग्रेस सांसदले बैठक चल्न दिएनन् । महरालै धेरै पटक बसिदिन र बैठक सुचारु गर्न सघाउन आग्रह गरे तर मानेनन् । अन्ततः १० मिनटको लागि बैठक स्थगित गर्नु परेको थियो ।

हेर्नुस् संसदमा यसरी भड्किए कांग्रेस सांसद

भिडियो

ताजा भिडियो

अख्तियारको लफडामा विजय गच्छदार । एयरपोर्टमा जे देखियो... । Bijay Kumar Gachhadar l

बामदेव र नारायणकाजीको रोचक प्रतिकृया। Baddev VS Narayankahi l

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |