गजल - 'आउँछु भन्थी निर्मोहिले' 

१९ चैत्र २०७५
banner

गजल

 'आउँछु भन्थी निर्मोहिले'

आउँछु भन्थी निर्मोहिले भाखा किन टारी आज 
चाहनालाई बहानाले अन्तै डेरा सारी आज ।

भेट भाथ्यो उकालीको वर पिपलु चौतारिमा 
मिठो मुस्कान् खिस्स मोहनीमा पारि आज ।

कत्ति जाली रैछे मोरी म त तिम्रै हुँ नि भन्थी
सपनीमा घरिघरि बिउँझाएरै मारि आज ।

यो जुनि तिम्रै हुन्छु भन्दै नखरमाउलो अत्ति गर्थी 
बिच बाटैमा हात छोडि आफैंसँग हारी आज।

मुटु भित्र राँको  सल्काई अन्तै बाटो लागि अरे
 गाँउ बस्ति सारा रित्याई शहर तिर नारी आज।

मोहनप्रसाद खतिवडा , टोकियो, जापान

ताजा भिडियो

संचारमन्त्री बाँस्कोटाको पत्रकार शैलीमा कर्यालय छड्के ।Gokul Baskota l

विप्लवमाथि प्रचण्ड टिप्पणी | Puspa Kamal Dahal Prachanda | Netra Bikram Chand Biplab |

लालजोडी- ओली-प्रचण्डको साझा भिडियो सम्बोधन । PM KP Oli and Prachand l

सर्वेन्द्र खनालको प्रश्नः कोही भन्दा म के कम ? IGP Sarbendra khanal ।