मुक्तककार एवं कथाकारका  शारदा पौडेल निशाको निशानी विमोचन

१० माघ २०७५
banner


काठमाडौं। मुक्तककार एवं कथाकार शारदा पौडेल निशाको ‘निशाको निशानी’ यही माघ तीन गते  विमोचन गरिएको छ । वरिष्ठ  गीतकार तथा मुक्तकार रत्नशम्शेर थापाले काठमाडौंमा उक्त कृति विमोचन गरे ।  

साहित्यकार डा. रूपक श्रेष्ठले उनको कृतिको समिक्षा  गर्नुका साथै निशाले युरोपेली मुलुक स्पेनमा नेपाली मुक्तकलाई चिनाएको र अनेसासको श्री गणेश गरेको  जानकारी दिए । अर्का समीक्षक गजलकार ज्ञानुवाकर पौडेलले निशाको मुक्तक शिल्प सशक्त रहेको बताए । 

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले निशालाई उक्त प्रतिष्ठानको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए भने उक्त विमोचनमा अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले अनेसासको उद्देश्य र भावी योजनाका बारेमा पनि बताएका थिए । उनले अनेसासले संसारभर छरिएर रहेका नेपाली बालबालिकालाई नेपाली भाषा ,धर्म र संस्कृतिका बारेमा जानकारी  दिनका लागि पाठ्यक्रम निमार्ण गरेको समेत बताए । उनले अब साहित्यकारहरुले पनि राज्यसँग सुबिधा माग्नुपर्ने कुरामा जोड दिए ।  

विमोचन समारोहमा प्रतिष्ठानका महासचिव एवम् वरिष्ठ मुक्तककार गीतकार रमेश पौडेलले नेपाली मुक्तक स्वतन्त्र  विधा भएकाले यसले विश्वव्यापी रूप लिएको बताए । उनले निशालाई  मायाको चिनो समेत प्रदान गरेका थिए ।  

कृतिकार निशाले एक दर्जन मुक्तक सुनाउनुका साथै मुक्तक प्रतिष्ठानबाट आफ्नो कृति प्रकाशन हुनु गौरवको विषय रहेको बताएकी थिइन् । रोजगारीको सिलसिलामा स्पेन पुगेकी निशाको यो दोस्रो कृति हो । केही महिनाअघि मात्र उनले ‘छोरीका आँखा’ लघुकथासंग्रह ल्याएकी थिइन् । उक्त मुक्तक संग्रह निशाको निशानीमा विभिन्न भावका जम्मा २५० थान मुक्तक समेटिएका छन् ।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l