एनआरएनए जापानद्वारा अन्तरक्रिया कार्यक्रम टोकियोमा सम्पन्न

९ आश्विन २०७५

banner

मन्जला बानियाँ

जापान, टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) को बिशेष सहयोगमा “नेपालको कृषि प्रवर्द्धनमा विदेशमा बस्ने नेपालीहरुको भूमिका” बिषय मा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमलाई २ चरणमा बिभाजन गरी प्रथम चरणमा एनआरएन कृषि प्रवर्द्ध कार्यकारी समिति, विश्व उप–संयोजक कपिल देव थापाले एनआरएनए कृषि प्रवर्द्ध समिति गठन गर्नुको उद्देश्य, संगठनात्मक संरचना र अहिलेसम्मको प्रगति विवरण र भाबि योजनाको बारेमा प्रस्तुति गरिएको थियो।

त्यसैगरी टोक्यो कृषि विश्वविद्यालयमा पोस्ट डक्टर रिसर्चर मा कार्यरत साथै एशिया प्रशांत क्षेत्रका संयोजक डा. एबिन कुँवरले “नेपालको कृषिमा लगानीका सम्भावना” को बिषयमा, एशिया प्रशांत क्षेत्र जापानका सदस्य तथा टोक्यो कृषि विश्वविद्यालय पीएचडी पहिलो वर्षका योगेन्द्र घर्ति मगरले ‘नेपालको कृषिमा प्रबिधिको प्रयोग आजको आवश्यकता’ बिषयमा, एशिया प्रशांत क्षेत्र जापानका संयोजक तथा राज एग्रीकल्चर फार्म हाउसका सञ्चालक राज सरद राज शर्मा लामिछानेले ‘व्यवसायिक कृषि मार्फत कृषि पर्यटनको सम्भावना’ बिषयमा, एशिया प्रशांत क्षेत्र जापानका सदस्य तथा स्याङ्जा एग्रो एंड रिचर्च् सेन्टरका संचालक सुरेश रेग्मीले “कृषिमा आधुनिकीकरण र एग्रो टुरिजमका साथ् रिचर्च् सेन्टरको आवश्यकता” बिषयमा आफ्नो प्रस्तुती गरेका थिए।

त्यसैगरी जापानबाट कृषि र प्रबिधि नेपालमा भित्राउन सफल व्यक्ति अशोक शाही (एभरेष्ट किनोको प्राइभेट लिमिटेडका संचालक तथा एशिया प्रशांत क्षेत्र जापानका सदस्य) को एभरेष्ट किनोको बारेमा डकुमेन्ट्री र जापानबाट रेन्बो ट्राउट माछा नेपालमा भित्राउन र विस्तार गर्न सफल बरिस्ठ बैज्ञानिक डा. टेक बहादुर गुरुङको बारेमा जापानी टेलिभिजनमा देखाइएको डकुमेन्ट्री प्रस्तुत गरिएको थियो।

दोस्रो चरणमा प्रस्तुति गर्ने व्यक्ति र सहभागीका बीचमा प्रश्नोत्तर कार्यक्रम राखिएको थियो। उक्त कार्यक्रम एनआरएन जापानका महासचिब बुद्धिराज घिमिरेले संचालन गरेका थिए भने कार्यक्रममा एनआरएन कृषि प्रवर्द्ध कार्यकारी समितिका सल्लाहकार डा. कविन्द्र पी कंडेल, एनआरएन जापानका अध्यक्ष टासी वाङदी लामालगायत विभिन्न संस्थाको प्रतिनिधि र बिशेष व्यक्तित्वहरु, पत्रकार, कलाकार, बुद्दिजिबी, बिधार्थी, व्यवसायी, कानुन व्यवसायीहरुको उपस्थिति रहेको थियो।

उक्त भेलाले एनआरएन जापान र आइसिसि कृषि प्रवर्द्ध समितिले जापानमा नै एक बृहत कृषि बिज्ञ भेला गर्ने र नेपालको हावापानी र भौगोलिक अवस्था अनुसार जापानका उन्नत कृषि प्रणाली र बिउ बिजनको बारेमा अनुसन्धान गर्ने र जापानबाट नेपालमा कृषि प्रबिधि भित्र्याउनको लागि पहल गर्ने निर्णय गरिएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष