एनआरएनए अष्ट्रेलिया निर्वाचन: ‘भौतिक भर्सेज भर्चुअल अफिस’

२० अषाढ २०७६
banner

मिलन दाहाल

अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको ६ जुलाईमा हुने आगामी निर्वाचनमा मुख्यगरि भौतिक कि भर्चुअल अफिस भन्ने एजेण्डाकाबीच भिडन्त हुने देखिएको छ । प्रजातान्त्रिकबाट केशव कँडेल र नन्द गुरुङले एकाएक उम्मेद्वारी घोषणा गरेपछि प्रगतिशीलहरूको समर्थन पाएका दिनेश पोखरेलको जित सुनिश्चितजस्तै देखिएको अवस्था रहेको भएपनि प्रजातान्त्रिक तर्फकै दोस्रा उम्मेद्वार नन्द गुरुङले उम्मेद्वारी फिर्ता लिएर केशव कँडेललाई सहयोग गर्ने घोषणा गरेको वर्तमान अवस्थामा प्रजातान्त्रिक तर्फका एक्ला उम्मेद्वार केशव कँडेल र प्रगतिशीलहरूले समर्थन गरेको समावेसी समुहको प्रतिनिधित्व गरिरहेका दिनेश पोखरेलबीच कडा प्रतिस्पर्धा हुने भएको हो।

‘हिमाल, पहाड तराइ- कोही छैन पराइ’ भन्ने नारा लिएर समावेसी समुहको नेतृत्व गरिरहेका दिनेश पोखरेलले सन २००३ देखी झोलामा रहेको एनआरएनए अष्ट्रेलिया लगभग १२ हजार सदस्यसहित विश्वको सबैभन्दा ठूलो एनआरएनए भैसकेको अवस्थामा झोलामा अटाइरहन सक्दैन, यसलाई अब भौतिक कार्यलयको आवश्यकता परिसक्यो भन्ने तर्क अघि सार्दै आफूले जितेको खण्डमा तीन महिनाभित्र एनआरएनए अष्ट्रेलियाको अफिस स्थापना गर्ने दाबी गरिरहेका छन् ।

पोखरेलले धेरैले विशेष महत्वका साथ हेरेको सबै राज्यमा कम्युनिटी भवनको लागी पहल गर्ने एजेण्डा अधि सारेका छन् । यसका अतिरिक्त उनका एजेण्डामा हरेक ३ महिनामा संस्थाको हिसाबकिताब सदस्यलाई इमेलमार्फत उपलब्ध गराउने, युवा महोत्सवको आयोजना, सामाजिक कल्याणकारी कोषलाई १० लाख डलर बनाउने, अन्तराष्ट्रिय नेपाली विद्यार्थीलाई संस्थामा आकर्षित गर्ने उपायहरू खोज्ने, अन्य सङ्घसंस्थाहरूसँग सहकार्य गर्दै प्रवासमा नेपाली कलासंस्कृति, भाषा र साहित्यको संरक्षण गर्ने लगायतका मुद्दा अगाडि सारेका छन् ।

उता बृहत् प्रतिनिधित्वका आधारमा परिवर्तन गर्नुपर्छ भन्ने नारा बोकेर चुनाबमा होमिएका केशव कँडेलको दृष्टिकोण भने फरक छ । उनले एनआरएनए सूचना प्रविधि मैत्री हुँदै अगाडि बढ्नुपर्छ भन्ने गरेका छन। भौतिक कार्यालय नभएर भर्चुअल कार्यालयको व्यवस्था गरि कर्मचारीको सुनिश्चितता गरिनुपर्ने उनको धारणा रहेको छ । यसका साथै उनको एनआरएनएमा व्याप्त खादा र कार्यक्रममा आफ्नै पदाधिकारीको सम्मान गर्ने संस्कृतिलाई समाप्त पार्ने एजेण्डा विशेषरुपले चर्चित छ । उनले एनआरएनएको च्यारिटि कार्यक्रमहरु केन्द्रित एनआएरएनए फाउण्डेशनको स्थापना गर्ने मुद्दा समेत अधि सारेका छन । साथै हरेक राज्यमा  एनआरएनएका सदस्यहरुले तिर्ने सदस्यता शुल्कबाट १ डलर  छुट्याएर कम्युनिटि भवन बनाउन सकिनेलगायताका मुद्दा उनका रहेका छन् ।

समाबेसी समुहको नेतृत्व गरेका पोखरेलको समुहमा महासचिब सन्तोष दाहाल, सचिब उषाकिरण वारिया पोखरेल, कोषाध्यक्ष कपिल पाण्डे, युवा संयोजक बिनोद पौडेल रहेका छन भने अन्तराष्ट्रिय समन्वय समिति सदस्यहरूमा चोलाकान्त भुसाल, शमिम अन्वर, राजु मानन्धन, शम्भु कँडेल, निराजन गौली र अशोक केसी रहेका छन् ।

रुपान्तरणको नारा बोकेका केशव कडेंलको समुहको महासचिव डा ज्ञानेन्द्र रेग्मी, सचिव परेस घिमिरे, कोषाध्यक्ष अनिल पोखरेल (सीपीए) र युवा संयोजकमा इर्शौद अहमद रहेका छन। उनको समुहबाट अन्तराष्ट्रिय समन्वय समिति सदस्यहरूमा छवि सापकोटा, अरुण कुमार ठाकुर , दिपक शर्मा,  राजु अधिकारी,  सूर्य आचार्य, सन्तोष कुँवर र नारायण काफ्ले उम्मेदवार रहने बताइएको छ ।

पोखरेलको समुहबाट न्यु साउथ वेल्समा देव गुरुङले, साउथ अष्ट्रेलियाबाट रेनुका लामाले, क्विन्सल्याण्डमा धिरेन्द्र थापाले, भिक्टोरियामा महेन्द्र कार्कीले र वेस्टर्न अष्ट्रेलियामा कृष्णमान श्रेष्ठले नेतृत्व गर्ने बुझिएको छ भने  कँडेल समुहबाट न्यु साउथ वेल्स डिला खरेलले, साउथ अष्ट्रेलिया नविन पन्तले, क्विन्सल्याण्ड उमेश खड्काले, भिक्टोरिया प्रेम कँडेलले र अस्ट्रेलियन क्यापिटल टेरिटरी  चुडामनी सापकोटाले नेतृत्व गर्दैछन् ।

नन्द गुरुङले राजिनामा दिइ केशव कँडेललाई समर्थन गरेपनि उनका समुहका केही  सदस्यहरुले भने निर्वाचनमा जाने घोषणा गरेका छन। 

ताजा भिडियो

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l