एनआरएनए क्यानडाको संरचना बदल्नुपर्नेमा सरोकारवालाको जोड

२७ अषाढ २०७६
banner

क्याल्गरी । नेपाली रेडियो क्यालगरिद्वारा गैह्र आवाशीय नेपाली संघ क्यानडा सम्बन्धी अन्तक्रियाया विशेष कार्यक्रम रेडयफयमको स्टुडियोमा सम्पन्न भएको छ।

नेपाली रेडियो क्यालगरीले ४३ औं श्रृङ्खलामा गैह्र आवाशीय नेपाली संघ क्यानडाको स्थापनाको मुख्य उद्देश्य, ती उद्देश्यहरू पुरा भए नभएको भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा एनआरएनएप्रति नेपालीहरूको भरोसा बढाउन, बदल्नु पर्ने कुरा, महिला सहभागिता कम हुनुका कारण र यसमा महिला सहभागिता बढाउने योजनाको बारेमा चर्चा गरिएको थियो।

डिसी नेपालसंग कुराकानी गर्दै नेपाली रेडियो क्याल्गरीका कार्यक्रम संयोजक कुसुम ज्ञवालीले नेपाली रेडियो क्याल्गरीले एनआरएनए सम्बन्धी गरिने भनेर वार्षिक योजनामा उल्लेख गरिएको मध्ये यो दोस्रो कार्यक्रम रहेको जानकारी दिइन्। अर्को कार्यक्रम एनआरएनका उम्मेदवारहरु वीचमा छलफल समेटिएको कार्यक्रम अगस्ट महिनाको पहिलो हप्ता गरिने बताएकी छन्।

एनआरएनए क्यानडाले विगत र वर्तमान मा के–कस्तो काम गर्यो र भविष्यमा यसलाई प्रवासी नेपालीको भरोसाको रुपमा निरन्तरता दिन के कस्ता योजनाहरू वा पहलहरू गर्नुपर्ला भन्ने बारे चर्चा गरिएको थियो।

कार्यक्रम प्रोड्यूसर लक्ष्मी लम्साल खनालले सञ्चालन गरेकी थिइन् भने अन्तक्रियामा सहभागिता र समताको पक्षमा बोल्दै एनआरएनए क्यानडामा महिलाहरूको सहभागिता किन कम भएको र उनीहरूको सहभागिता बढाउनुपर्ने कुराहरुकोसहितको सम्बोधन गरेकी थिइन्।

एनआरएनए क्यानडाको स्थापना हुँदादेखि सक्रिय रहँदै आएका वरिष्ठ सिभिल ईन्जिनियर डा. वेतमान भन्डारी सन् २०११÷२०१२ मा एनआरएनए क्यानडाको भाईस प्रेसिडेन्ट समेत भएका थिए भने क्याल्गरीका विभिन्न संस्थामा वोर्ड डाईरेक्टर भई सेवा गरेका थिए। अतिथि वक्ता डा. भण्डारी नेपालमा रहँदा पोखरा ईन्जिनियरिङ्ग क्याम्पसको क्याम्पस प्रमुख समेत भएका हुन्। एनआरएनए क्यानडाका अभियन्ता भण्डारी एसियन ईन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) थाईलेन्डबाट (पिएचडी) गरेका छन्। भने उनले विभिन्न १० वटा अन्तराष्ट्रिय देशहरूमा प्राविधिक सल्लाहकार भएर काम गर्दै आएका छन्।

एनआरएनए क्यानडाका अर्का संस्थापक अतिथि डा. खेम दाहाल त्रिभुवन विश्वविघालय केन्द्रीय अर्थशास्त्र विभागमा प्राध्यापकको रुपमा १२ वर्ष अध्ययन अनुसन्धान गरेका थिए। युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट बिजिनेस ईकोनोमिक्स र ईकोनोमिक्स अफ डेभलपमेन्टमा मास्टर्स गरेका हुन्। 

कान्सास स्टेट युनिभर्सिटीमा पिएचडी स्कलर पनि रहेका थिए। उनले सन् २०१३ देखि २०१५ सम्म ब्रिटिस कोलम्बियाको नेपाली कल्चर सोसाईटी बिसीको अध्यक्ष भएका थिए। हाल डा. दाहाल एनआरएनए  क्यानडाका सल्लाहकार हुन्।

उक्त कार्यक्रम सहप्रस्तोता रूपमा लिजा भट्टराई र सम्बृदि पाण्डे एनआरएनए क्यानडा सम्बन्धि प्रश्नहरू समेत गरेका थिए। उक्त कार्यक्रम प्रसारणको प्राविधिक काम वाएर/कास्टका टेक्निसियनको रुपमा श्रवण गिरी र अभिशेक भण्डारीले सञ्चालन गरेका थिए।

ताजा भिडियो

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |

वाफ रे ! संसदमा रामनारायण विडारीको आक्रोश | Ram Narayan Bidari | Samsad |

विप्लवसँग वार्ता बारे सरकार प्रवक्ताको अभिव्यक्ति । Gokul Baskota l