एनआरएनए जापान र राजदूताबासको संयुक्त पहलमा पुन टोकियो बससंग सम्झौता

४ आश्विन २०७५

banner

जापान, टोकियो । टोकियोको मेगुरो बस स्टेशनबाट नेपाली राजदुतावास हुँदै चल्ने टोकियो बससंगको सम्झौता पुन अर्को वर्षका लागि नवीकरण भएको छ।

ट्रेन स्टेशनबाट राजदूताबाससम्म जानको लागि प्रयोग गरिने ४ वटा रूटका फरक÷फरक बसमा यो सेवा लिन सकिनेछ। नेपाली राजदुतावास टोकियो र एनआरएनए जापानको पहलमा सो अभियान थालनी भएको हो।

मेगुरो बस स्टेशनबाट ४ वटा रूटका बस एक दिनमा ४०० पटक दुतावासको अगाडिको बाटो हुँदै चल्ने गर्दछन्। राजदुतावास नजिकको बस स्टेशन आएपछि दिनमा प्रत्येक बसले ‘नेपाली राजदुतावास आयो यो स्टेशनमा, ओर्लदा सहज हुन्छ र नजिकको पेट्रोल पम्पलाई दाहिने पारेर मोडिनु जसको केही अगाडि नेपाली राजदुतावास छ’ भनेर जापानी र अंग्रेज़ी भाषामा उद्दघोष गर्ने गर्दछ।

नेपाली राजदूताबास जाने जो कोही नेपाली वा बिदेशी पाहुनाले सजिलै सेवा उपभोग गर्ने र उक्त रूट भएर चल्ने बसमा यात्रा गर्ने हजारौं पर्यटकहरुले नेपाली राजदुतावासको नाम सुनेपछि नेपालको बारेमा अझ बढी चाँसो लिने र  नेपालप्रतिको कौतुहलता अभिवृद्धि हुने भएकाले सेवासंगै नेपाल चिनाउने माध्यम पनि हो भन्छन्, एनआरएनए जापानका प्रवक्ता पर्शुराम बस्नेत।

१ दिनमा ४ सय पटक बस त्यस स्टेशनमा रोकिन्छ भने ४ सय पटक नै उद्घोष गर्ने छ। सन २०१५ को रेकर्ड अनुसार एक वर्षमा, १ करोड ३७ लाख २७ हजार २ सय २३ जना प्यासेन्जरहरुले त्यो रुटमा यात्रा गर्ने गर्दछन्।

उक्त सेवा लिए बापत बस व्यवसायीलाई वार्षिक ४ लाख २० हजार जापानी येन शुल्क भक्तानी गर्नुपर्ने छ। शनि २०१९ इअतयदभच सम्मका लागि नेपाली राजदूताबास जापान र एनआरएनए जापानले ५०/५०  प्रतिशत रकम भुक्तानी गरेर नवीकरण गरेको हो।

यो सुबिधा सन् २०१७ अक्टुवर १ तारिकबाट प्रारम्भ भई यहि अक्टुवरमा सम्झौता सकिँदै थियो तर नेपाली दुतावासमा जानको लागि यो सुविधा निकै प्रभावकारी भएकोले आज २०७५ असोज ४ गते २०१८/९/२० तारिख पुनः नेपाली राजदुतावास टोकियोका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल, एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामा र टोकियो बसबीच एक वर्षको लागि नेपाली राजदुतावास टोकियोमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

उक्त हस्ताक्षर कार्यक्रममा एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारी, उपाध्यक्ष शिव प्रसाद पौडेल, सह-कोषाध्यक्ष राम थापाको पनि उपस्थिति रहेको थियो।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष