एनआरएनए साउदी अरबले श्रमिक समस्या विषयक कार्यक्रम गर्दै 

२७ पौष २०७५
banner

शुक्र मोक्तान

साउदि अरब। एक विडम्वना भनौं या सौभाग्य नेपाली युवाहरुको बैदेशिक रोजगारीको शिलशिलामा मातृभूमि छोड्न बाध्यता बनेको छ, बैदेशिक रोजगारीकै क्रममा खाडी मुलुक भासिएका युवाहरु दिनानुदिन विभिन्न समस्यामा पर्दै आएका छन्। विशेषता हालको विश्व अर्थतन्त्र साथै जारी गृह युद्ध र क्षेत्रीय युद्धको कारण पनि खाडी मुलुकहरुमा श्रमिक समस्या चुलिंदै गएको छ, यहि समस्यालाई मध्यनजर राख्दै यसको निराकरणको खोजि गर्दै गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीले श्रमिक समस्या विषयक कार्यक्रमको आयोजना गर्न लागेको एनआरएनए साउदीका महासचिव तेजबहादुर थापाले बताए छन। उनका अनुसार कार्यक्रमलाई सम्बोधन गर्न साउदीका लागि कुटनीतिक नियोग नेपाली राजदुतावास रियादलाई निमन्त्रणा पठाईएको छ।

सम्भवत नेपाली राजदुतावास रियादका लागी राजदुत प्राडा महेन्द्र सिङ राजपुतको उपस्थितिमा हुने उक्त कार्यक्रममा पिडित श्रमिक तथा आप्रवासी नेपाली श्रमिकहरुलाई उपस्थित हुन गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीले सबैलाई आह्वान गरेको छ।

उक्त कार्यक्रम साउदीको पूर्वी शहर दम्माम सेको गार्डेन नजिकै रहेको होलिडे रेस्टुरेन्टमा आगामी २५ जनवरी २०१८ शुक्रबारका दिन मध्यान्ह १२:३० बजे सुरु हुने भएको छ। एनआरएन साउदिले उक्त कार्यक्रममा उपस्थित भई मौकाको लाभ लिन  पिडित श्रमिक तथा आप्रवासी नेपाली श्रमिकहरुलाई संस्थागत अनुरोध समेत गरेको छ।

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l