एनआरएनए राष्ट्रिय समन्वय परिषद स्वीडेनको वार्षिक साधारण सभा सम्पन्न

८ आश्विन २०७५
banner

स्वीडेन । गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्वीडेनको ‘चौथो वार्षिक साधारण सभा’ यही सेप्टेम्बर २२ तारिख शनिबारका दिन स्वीडेनको राजधानी स्टकहोल्ममा सम्पन्न भएको छ।

महासचिव दिनेश श्रेष्ठको छोटो मन्तब्य पश्चात् औपचारिक कार्यक्रम सुरु भएको थियो। उक्त साधारण सभाको सञ्चालन एनसीसी, स्वीडेनका सचिव राजकुमार पाठकले गरेका थिए।

गैर-आवासीय नेपाली संघ स्वीडेनका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि एवं पर्यवेक्षक एनआरएनए आईसीसीका केन्द्रीय सचिव जानकी गुरुङलाई आसन ग्रहण गराइएको थियो।

त्यस्तै सस्थापक अध्यक्ष तथा निवर्तमान आईसीसी सदस्य नबिन थपलिया, निवर्तमान अध्यक्ष तथा संरक्षक चिरञ्जिवी खरेल, संघका आईसीसी सदस्य एबं संस्थापक उपाध्यक्ष प्रबेश कुँबर, सल्लाकार समितिका सदस्य शिब भुसाल (आकाश), अतिथिको रुपमा क्रमश : नेपाल मण्डपका संयोजक सुबाश अधिकारी, हेल्प नेपालका अध्यक्ष बिकाश ढकाल र मस्यौदा समितिका सदस्य गोबिन्द तिवारीलाई आसन ग्रहण गराएको थियो।

संघको तर्फबाट अध्यक्ष अर्जुन श्रेष्ठ र महिला संयोजक उषा गौतमले प्रमुख अतिथि गुरुङलाई स्वागत गर्दै खादा ओडाई फुल गुच्छा दिई सम्मान गरिएको थियो। संयुक्त रुपमा कार्यक्रमको उद्दघाटन प्रमुख अतिथि गुरुङ र अध्यक्ष श्रेष्ठले पानसमा बत्ती बाली गरिएको थियो।

कार्यक्रमको औपचारिक सुरुवात नेपाली राष्ट्रिय गान बजाएर गरिएको थियो। उद्दघाटन र बन्द सत्र गरी २ चरणमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष टेका रोकाले स्वागत मन्तब्य राखेका थिए।

संस्थाका निबर्तमान उपाध्यक्ष खिम न्यौपानेले संस्थाले गरेको प्रगति, आरोह, अबरोहको बारेमा प्रकाश पारेका थिए। वर्तमान कार्यसमितिले गरेका राम्रा कामहरुको प्रशंसा गर्दै धन्यबाद दिएका थिए।

त्यस्तै प्रवेश कुँवर, चिरन्जिबी खरेल, नबिन थपलिया, महिला दिदी बहिनीहरुको प्रतिनिधित्व गर्दै अनु तिवारी र सर्बसाधारणबाट गोबिन्द तिवारीले कार्यक्रम सफलताको शुभकामना दिएका थिए।

एनआरएनए, आईसीसी केन्द्रीय उपाध्यक्ष कुल आचार्य र एनआरएनए स्वीडेनका सल्लाहकार समितिका सदस्य दिपराज थापाले पठाएको कार्यक्रम सफलताको शुभकामना संदेश पनि कार्यक्रम संचालक पाठकले बाचन गरी सुनाएका थिए। अन्त्यमा अध्यक्ष श्रेष्ठको मन्तब्य सहित उद्दघाटन सत्र समापन भएको थियो।

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।