युकेमा एनआरएनएको सदस्यता वितरण अब अनलाइनबाटै गरिने

९ आश्विन २०७५

banner

लन्डन । युकेमा (एनआरएनए) ले अबदेखि सदस्यता अनलाइनबाटै वितरण गर्ने भएको छ।

आइतबार पत्रकार सम्मेलन गरी युकेमा अबदेखि  सदस्यता वितरण अनलाईनबाटै सुरु गर्ने आयोजकले जनाएको हो। एनआरएनए युकेलाई डिजिटल बनाउने अभियानको पहिलो चरणमा सदस्यता वितरण सुरु गरिएको एनआरएनए युकेले बताएको छ।

एनआरएनए युकेका उपमहासचिव विनय अधिकारीले भने, ‘अनलाइनबाट सदस्यता वितरण गर्दा व्यवस्थापनदेखि स्वीकृति र परिचयपत्र वितरणलगायत कार्य सहज र छरितो हुने हुँदा अनलाईनबाटै सुरु गरेका हौं।’

अब एनआरएन युकेको सदस्यता लिन संस्थाको वेबसाइटमार्फत अनलाइन फारम भरेर शुल्क बुझाउन सकिनेछ।

एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीले अनलाइनबाट छिटो र सहज ढंगले सस्तो शुल्कमा सदस्यता पाउन सम्भव भएको हुँदा सदस्यहरुको संख्या समेत वृद्धि हुने आशाका साथ सुरु गरेको बताए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »