नेविसंघ अध्यक्ष नैनसिंह महरद्वारा राजीनामा 

२८ माघ २०७५
banner

काठमाडौं। नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन्।
आफ्नो कार्यकालको थप गरिएको पछिल्लो समयावधि पनि सकिएको उल्लेख गर्दै नेविसंघका अध्यक्ष महरले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन्।

नेविसंघको १२ औं महाधिवेशन सम्पन्न गर्न सहयोग गर्नुको साटो पार्टीका नेताहरुबीच नै खिचातानी हुन लागेपछि आफूले पदबाट राजीनामा दिएको अध्यक्ष महरले बताए सोमबार सभापति देउवालाई राजीनामा बुझाउनु अघि उनले पत्रकार सम्मेलन गरी समयावधि सकिएकाले आफूले पदबाट राजीनामा दिएको जानकारी गराएका थिए। उनले आफूले राजीनामा दिएपछि संघको १२ औं महाधिवेशन सम्पन्न गराउन पार्टी नेतृत्वलाई सहज हुने विश्वास व्यक्त गरे।

गत भदौमा महर नेतृत्वको नेविसंघको कार्यकाल सकिएको थियो। त्यसपछि थप गरिएको समय पनि माघ २ गते सकिएपछि सभापति महरले वैधानिकतामाथि प्रश्न उठने भन्दै पदबाट राजीनामा दिएका हुन्। उनले राजीनामा दिने क्रममा स्ववियू निर्वाचनमा संघलाई पहिलो स्थानमा पुर्याएको, राष्ट्रियता सम्बन्धि आन्दोलनलाई नेतृत्व दिएको लगायतका आफ्ना कार्यकालको मुख्य उपलब्धि रहेको पनि बताए।

काँगे्रेस भित्र नेविसंघको महाधिवेशनको मिति तय गर्ने विषयमा पनि विवाद छ। सोही विवादका कारण संघको १२ औं महाधिवेशन अझै पनि अन्यौलमा रहेको छ। अध्यक्ष महरमाथि सो महाधिवेशन समयमै सम्पन्न नगरेको आरोप लाग्दै आएको थियो।  

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l