नुवाकोटमा आगलागीबाट १५ लाखको क्षति

३० फाल्गुन २०७५
banner

विदुर । नुवाकोटमा आज बिहान विदुर नगरपालिका वडा नं ५ माझीटारस्थित पूर्णिमा अर्यालको घरमा आगलागी हुँदा करीब १५ लाख बराबरको क्षति भएको छ । 

घर धनी अर्याल आफन्तको वैवाहिक समारोहमा भाग लिन गएको र उहाँका दुई छोरा आफन्तको घरमा बसेका कारण कुनै मानवीय क्षति भने हुन पाएन । 

आगलागीका कारण अर्यालको नगद र सुनका गहनासहित करीब रु १५ लाख बराबरको क्षति भएको छ । आगलागी कति बजेदेखि शुरु भएको भन्ने यकिन नभए पनि छिमेकीले बिहान ५ बजेमात्र आगलागी भएको थाहा पाएका थिए । 

त्यसपछि स्थानीय र नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो । 

आगलागीका कारण भूकम्पपछिको पुनःनिर्माणका लागि प्राप्त सरकारी राहतसमेतबाट निर्माण भएको भुइँतल्ले घर धेरै ठाउँमा चर्किएर बस्न अयोग्य बनेको स्थानीयले बताएका छन् । 

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |