ओली नेतृत्वको सरकार निरंकुशतातर्फ अगाडि बढेकै हो ?

२ जेठ २०७६
banner

प्रधानमन्त्री केपी ओली। फाइल तस्वीर।

पछिल्लो समयमा सरकारका कतिपय काम कारवाही निरंकुशतातर्फ अगाडि बढेको देखिएको छ। सरकारमा ‘मैले जे गर्दा पनि हुन्छ’ भन्ने अहंकार देखिन थालेको छ। त्यसको उदाहरणका रुपमा प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई दिन सकिन्छ।

प्रतिनिधिसभा सदस्यहरुले प्रश्न गरेपछि प्रतिपक्ष दलका सांसदप्रति लक्षित गरेर प्रधानमन्त्रीले जुन अभिव्यक्ति दिनु भयो, त्यसले प्रधानमन्त्री जोक, ठट्टा त गर्नु नै हुन्थ्यो, तर अहिले मैले जे बोल्दा वा गर्दा पनि हुन्छ किनभने म दुई तिहाइ बहुमतको शक्तिशाली प्रधानमन्त्री हुँ भन्ने दम्भ देखिएको छ।

त्यो दम्भ र घमण्ड सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीमा भएपछि जनताले के अपेक्षा गर्ने? भनिन्छ, बाँस जति अग्लो हुन्छ त्यति नै नुहेको पनि हुन्छ। जनताले उउटा उचाइमा पुर्याएका प्रधानमन्त्री सरल, सभ्य र सुसंस्कृत रुपमा जनताप्रति विनम्र हुनुपथ्र्यो। तर अहिले उहाँमा मैले जे गर्दा पनि हुन्छ भन्ने दुई तिहाइको दम्भ देखिनु दुर्भाग्यपूर्ण हो। 

प्रमुत प्रतिपक्ष दल वा आम नागरिकले मात्रै सरकारका गतिविधि वा प्रधानमन्त्रीका अभिव्यक्तिलाई अस्वाभाविक ठानेका होइनन्, स्वयं कम्युनिष्ट पार्टीका सदस्य (जो सभामुख हुनुहुन्छ) उहाँले पनि त्यसलाई अस्वभाविक मानेर ती शब्दहरु रेकर्डबाट हटाउन रुलिङ  गर्नु भयो। यसले के प्रमाणित गर्यो भने आफ्नै पार्टीका समकक्षी पनि उहाँको स्वभाव, शैली र शब्दप्रति सहमत देखिएनन्। 

प्रतिनिधिसभा सदस्यहरुले प्रश्न गरेपछि प्रतिपक्ष दलका सांसदप्रति लक्षित गरेर प्रधानमन्त्रीले जुन अभिव्यक्ति दिनु भयो, त्यसले प्रधानमन्त्री जोक, ठट्टा त गर्नु नै हुन्थ्यो, तर अहिले मैले जे बोल्दा वा गर्दा पनि हुन्छ किनभने म दुई तिहाइ बहुमतको शक्तिशाली प्रधानमन्त्री हुँ भन्ने दम्भ देखिएको छ

त्यतिमात्रै होइन, पछिल्लो समय सरकारका गतिविधि प्रेसलाई नियन्त्रण गर्ने, मानव अधिकार आयोगलाई सरकारको चाहना अनुसार चलाउने र सुरक्षा परिषदमा पनि आफू अनुकुल हुने गरी विधेयकहरु यतिबेला संसदमा दर्ता भएका छन्। जसको चौतर्फी विरोध भइरहेका छन्। कर्मचारीमा पनि त्रासको वातावरण बनेको छ। कुनै कर्मचारी प्रधानमन्त्री वा मन्त्रीले भनेको मान्दैनन् तर आफ्नो काममा अब्बल छन् भनेपनि त्यस्ता कर्मचारीलाई डाँडा कटाउने काम भएको छ। 

यी सबै हेर्दा सबै नागरिकको साझा सरकार भइरहेको छ की आफ्नो समूह, झुण्ड वा नातागोताको सरकार भइरहेको छ? यो गम्भीर प्रश्न खडा भएको छ। यसरी सरकारका गतिविधि हेर्दै जाँदा आमागी बजेटको प्रस्तुती र बजेट बिनियोजन गर्ने तरिका र भइरहेका छलफल र त्यसको सोर्स नीति तथा कार्यक्रम र नीति तथा कार्यक्रमलाई पास गर्ने शैली र तरिकालाई हेर्दा सरकार निरंकुशतातर्फ अगाडि बढिरहेको स्ष्ट हुन्छ। 

लेखक : जगदीश दाहाल

पछिल्लो समय न्यायपालिका र व्यवस्थापिकालाई समेत कार्यपालिकाको छायाँमा पारेर आफू अनुकुल र आफ्नो निर्देशनमा चलाउने खोजेको देखिन्छ। सरकारको यस्तो प्रकारका गैर संवैधानिक गतिविधि मौलाइरहँदा प्रमुख प्रतिपक्षले कुनै एजेण्डा नै नपाएको जस्तो गरी कानमा तेल हालेर बसेको छ। सरकारका गलत गतिविधिलाई सच्याउनकालागि प्रमुख प्रतिपक्षसँग कुनै योजना वा एजेण्डा नहुनुले सरकारलाई झन बढी निरंकुश हुन सहयोग पुर्याएको छ।

प्रमुख प्रतिपक्षले सरकारको निरशंकुता र गलत क्रियाकलापले मुलुक गलत दिशातर्फ जान लाग्यो, प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुक दुर्घटनामा पर्ने संभावना देखियो र हामी सबै लोकतान्त्रिक शक्ति एक होऔं भनेर कांग्रेसले नेतृत्व दिनुपर्ने बेला आइसक्यो।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेकै हो। त्यो प्रकारको जाँगर, शैली र अध्ययन नेतृत्वमा देखिएन। अब जनताले सबै पार्टीको नेतृत्वप्रति औंलो ठढ्याउन सक्ने, जनताले विद्रोह गर्न सक्ने र बीचमै कुनै नेता निस्किएर आन्दोलन हाँक्नुपर्ने नेता कांग्रेसमा के होला? अब त्यस्ता नेताको खोजी हुनुपर्छ। 

ताजा भिडियो

संसदमा चलेकाे सत्ता र प्रतिपक्षकाे राेचक जुहारी | Samsad Baithak | Juhari |

अर्को हंगामाः गृहमन्त्री र महेश बस्नेत टार्गेटमा l Samsad Baithak Hangama l

सेनाले २ घण्टा लगाएर यसरी गर्यो बम डिस्पोज |

काठमाडौंको सडकमा विप्लवको बन्द प्रभाव- LIVE I Biplab Banda Kathmandu I