प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन

२५ भाद्र २०७५
banner

सिंहदरबारमा सोमबार संसदीय सुनुवाई विशेष समितिको बैठकमा सहभागी प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्र। तस्बिर : रोशन सापकोटा, रासस

काठमाडौं। संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ।  समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सर्वसम्मत रुपमा अनुमोदन गर्ने निर्णय गरेको हो।

मिश्रले पेश गरेको आफ्नो अनुभव, योग्यतासहित न्यायपालिकाको भावी योजना चित्त बुझ्दो भएकाले प्रधानन्यायाधीशमा उनको नाम अनुमोदन गर्ने सर्वसम्मत निर्णय गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए। 

सुनुवाइका क्रममा कायममुकाय प्रधानन्यायाधीश मिश्रले २५ पृष्ठ लामो भावी योजना पेश गर्दै न्याय सेवालाई प्रभावकारी बनाउन आफूले इमान्दार भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। उनले आफ्नो चार महिने कार्यकाल न्याय सम्पादनलाई चुस्त बनाउन केन्द्रित हुने बताए। 

कायममुकायम प्रधानन्यायाधीश मिश्रले गरिव, असहाय, वद्धलाई न्याय दिलाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। उनले न्याय सेवालाई प्रभावकारी बनाउन मुद्दा फैसलाको काममा तीव्रता दिने योजना अघि सारे। 

बैठकमा समितिका सदस्यहरुले मिश्रले पेश गरेको कार्ययोजना सकारात्मक रहेको बताएका थिए। समितिका सदस्य सुरेन्द्र पाण्डेले अदालतको मुद्दाको अध्ययन गरी आवश्यक कार्ययोजना बनाउन पनि मिश्रलाई सुझाव दिएका थिए। उनले प्राथमिकता निर्धारण गरी मुद्दा फैसलाको कामलाई अघि बढाउन उपयुक्त हुने बताए।

समितिका अर्का सदस्य जितेन्द्र देवले कायममुकायम प्रधानन्यायाधीश मिश्रको भावी योजना चित्त बुझ्दो रहेको बताए। उनले न्यायाधीशहरुको क्षमता अभिवृद्धिमा ध्यान दिन पनि कायममुकायम प्रधानन्यायाधीश मिश्रको ध्यानाकर्षण गराएका थिए। 

संसदीय समितिमा अनुमोदन भएका कायममुकायम प्रधानन्यायाधीश मिश्रलाई राष्ट्रपति विद्या भण्डारीले प्रधानन्यायाधिशमा नियुक्त गर्नेछिन्। २०७१ साल जेष्ठ १३  गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका मिश्रलाई अप्रत्याशित रुपमा प्रधानन्यायाधीश बन्ने अवसर प्राप्त भएको हो।

प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीलाई संसदीय समितिले अस्विकृत गरेपछि दोस्रो वरियतामा रहेका उनलाई प्रधानन्यायाधीश बन्ने अवसर प्राप्त भएको हो। मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेसम्म प्रधानन्यायाधिश बन्न पाउनेछन्

ताजा भिडियो

प्रधानमन्त्री भर्सेज मुख्यमन्त्री । केन्द्र भर्सेज प्रदेश सरकार । संघीयता कार्यान्वयनमा असमझदारी ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l

सरकारको एक वर्ष : नेपाली कांग्रेसको समिक्षा । Nepali Congress ।