करेन्ट लागेर १८ बर्षीय युवाको मृत्यु

२७ भाद्र २०७५
banner

तुलसीपुुर ।  करेन्ट लागेर तुलसीपुर उपमहानगरपालिका–८ कट्कुइयाँ निवासी १८ वर्षीय कपिल डाँगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

इप्रका तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार कुवाबाट पानी तान्ने मोटर जडान गर्दा करेन्ट लागेको हो । आज बिहान ९ बजेतिर उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका डाँगीलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा लैजाने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए। 

ताजा भिडियो

अख्तियारको लफडामा विजय गच्छदार । एयरपोर्टमा जे देखियो... । Bijay Kumar Gachhadar l

बामदेव र नारायणकाजीको रोचक प्रतिकृया। Baddev VS Narayankahi l

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |