२३ तस्वीरमा हेर्नुहोस् नेपालकै सबैभन्दा ठूलो मानवनिर्मित ताल इन्द्रसरोवरको सौन्दर्य

डिसी नेपाल
१७ फागुन २०७६ १५:५०

काठमाडौं । इन्द्र सरोबर (कुलेखानी) नेपालको मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकाको मार्खुमा पर्ने एक पर्यटकीय स्थलको रुपमा परिचित छ । काठमाण्डौबाट फर्पिङ हुँदै करिब ४५ किलोमिटर यात्रापछि इन्द्रसरोबर पुगिन्छ । इन्द्र सरोवर मानव निर्मित भएता पनि अति आकर्षक रहेको छ । स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

यो ताल करिब ७ किलोमिटरमा फैलिएको छ । यो ताल मानवीय प्रयासको नमूना हो । यसको सुन्दरताले यस क्षेत्र भएर आवतजावत गर्नेलाई लोभ्याइरहेको हुन्छ । मकवानपुर जिल्लामा रहेको यो ताल नेपालमा महत्वपूर्ण विद्युत आपूर्ति गर्दै आएको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रुपमा पनि लिन सकिन्छ । तालमा काठका डुंगा सयर गरेर रमाउन आन्तरिक तथा बाह्रिय पर्यटक यहाँ आउछन् । माछाका परिकारहरु खानका लागि धेरैको रोजाइमा कुलेखानी पर्छ ।

तस्बीर: रमण मानन्धर/डिसी नेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *