सोलिडारिटीद्वारा इलाम र ताप्लेजुङका विद्यार्थीलाई झोला वितरण

डिसी नेपाल
२९ साउन २०७६ ०:१०

काठमाडौं । अन्तर्राष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले इलामको केवाबुङ धुसेनीमा अवस्थित भगवती माद्यमिक विद्यालय, आङदाङको जनकल्यण आधारभूत विद्यालय र ताप्लेजुङको फुङ्लिङमा अवस्थित भानु जन माद्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला वितरण गरेको छ।

विद्यालयमा आर्थिकस्तर न्यून भएका एक सय बालबालिकालाई सोलिडारिटी इन्टरनेशनलले प्रोजेक्ट झोला अन्तर्गत झोला वितरण गरेको हो।

नेपालका बिकट गाउँका अति विपन्न बालबालिकाहरु विद्यालयमा नियमित नभएपछि विभिन्न व्यक्तिगत दाताको सहयोगमा प्रोजेक्ट झोला अभियान सुरु गरिएको सोलिडारिटी इन्टरनेशनलका प्रवक्ता अजनिस घिमिरेले जानकारी दिए।

कार्यक्रममा स्थानीय तहको तर्फबाट वडा अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

२०१९ मा नेपालका ७ वटै प्रदेशका बिभिन्न बिकट जिल्लाहरुमा अध्ययनरत कम्तिमा एक हजार बालबालिकालाई झोला बितरण गरी बालबालिकालाई नियमित बिधालय जान वकालत गर्नेमा जोड दिने प्रोजेक्ट झोलाका अभियानकर्ता तथा सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष एवम प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिए।

प्रोजेक्ट झोला अन्तर्गत सोलिडारिटीले २०३० सम्ममा एक लाख गरीब बालबालिको हातमा झोला पुर्याउने निर्णय गरेको छ। अभियानलाई निरन्तर्ता दिदै सोलिडारिटी इन्टरनेशनलले केही समय अगाडि मात्रै नवलपरासीको एक विद्यालयमा पनि झोला बितरण गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *