गर्भमा छोरा छ कि छोरी ? ढुङगा फालेर पत्ता लाग्छ

डिसी नेपाल
२४ भदौ २०७६ १०:५७

एजेन्सी। भनिन्छ महिलाको लागि आमा बन्नु अत्यन्तै खुसीको पल हो । तर, महिलाले छोरा जन्माउँछिन् कि छोरी भन्ने थाहा हुँदैन । पछिल्लो समय सोनोग्राफी विधिबाट यो पत्ता लगाउन सकिन्छ तर यो गैरकानुनी काम भएकोले यसरी गर्भको बच्चा छोरा हो कि छोरी भन्ने पत्ता लगाउन पाइँदैन । भारतको झारखण्डमा भने यतो ठाउँ छ जहाँ प्राचीन परम्परा निभाइन्छ जसबाट गर्भमा छोरा छ कि छोरी भन्ने थाहा हुन्छ ।

झारखण्डको लोहरदगा जिल्लाको खुखरा गाउँमा एउटा यस्तो पहाड छ जसले गर्भमा हुर्किरहेको बच्चा छोरा हो कि छोरी भन्ने बताइदिन्छ । स्थानीयका अनुसार एक रुपैयाँ पनि खर्च नगरी गर्भको बच्चाको लिंग थाहा पाउन सकिन्छ । स्थानीयका अनुसार यो पहाडले विगत ४०० वर्षदेखि मानिसहरुलाई उनीहरुको भविष्यबारे जानकारी दिइरहेको छ । यहाँ यो परम्परा ४०० वर्षअघि नागवंशी राजाहरुको पालादेखि चलिआएको छ ।

स्थानीयका अनुसार यो पहाडमा एक ठाउँ चन्द्रमाको आकृति बनेको छ जसले नवजात शिशुको बारेमा जानकारी दिन्छ । यो ठाउँमा ढुंगा हानेर यसको जाँच गरिन्छ । गर्भवती महिलाले निश्चित दूरीबाट यो आकृतिमा ढुङगा हान्छिन् । यदि ढुंगा चन्द्रमाको आकृतिभित्र लाग्यो भने गर्भमा छोरा भएको र यदि आकृतिबाहिर लाग्यो भने गर्भमा छोरी भएको मानिन्छ । यो आकृतिमा गरिएको परीक्षणको नतिजा सही भएको दावी गरिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *