‘ओस्कार इन्टरनेशनल कलेज’ का विद्यार्थीहरुले चलचित्र निर्माण गर्ने

२३ आश्विन २०७५
banner

काठमाडौं । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको निर्माण घोषणा गरिएको हो। गाउँ घरका समसामयिक घट्नामा आधारित कथावस्तुमा केही कमेडी र एक्सन खुराँक मिसाएर चलचित्र निर्माण गर्न लागिएको चलचित्रका डेब्यु निर्देशक देबिन राईले बताए।

प्रधानाध्यापक तथा ‘साँघुरो’का लेखक पौडेलको फिचर चलचित्रमा यो डेब्यु निर्देशन बिनोद पौडेलको विशेष उपस्थिति अनि पत्रकारहरुको उपस्थितिमा उक्त चलचित्रको निर्माण घोषणा गरिएको हो भने उक्त कार्यक्रममा नेपाल चलचित्र पत्रकार संघको अध्यक्ष सन्दिप सापकोटाको पनि विशेष उपस्थिति रहेको थियो भने पत्रकार संघको अध्यक्ष सन्दिप सापकोटा उक्त कार्यक्रममा आफ्नो उपस्थिति जनाउन नपाई आज घटेको निकै दुखद घटना अर्थात् नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको निधनको खबरले उनी त्यहाँबाट घटना स्थलतर्फ निस्केका थिए।

कार्तिकको दोश्रो या तेश्रो हप्तादेखि फ्लोरमा जान लागेको यस चलचित्रमा देबिन राईको निर्देशन, आशिष लिम्बुको छायांकन, विसन बस्नेतको ध्वनी रहेको छ भने चलचित्र पूर्वीय पहाडी भेग अनि मकालु र काठमाडौं छायांकन गरिने भएको छ। चलचित्र देगेन्द्र कुमार राई र बिपिन राईले निर्माण गर्न लागेका हुन्।

चलचित्रमा लिड कलाकारको रुपमा सोहि कलेजका विद्यार्थी प्रवेश महतारा क्षेत्री र रश्मी श्रेष्ठ रहने भएको छ। करिब ३ वर्षको अध्यन र निकै लामो अनि जटिल मेहनतका साथ ओस्कार कलेजका विद्यार्थीहरुले यस चलचित्र निर्माण गर्न लागेको चलचित्रका डेब्यु निर्देशक देबिन राईले जानकारी दिएका छन्।

चलचित्रमा सम्पूर्ण टिमनै डेब्यु रहेको समेत जानकारी दिएको छ भने चलचित्र निकै छोटो लगानीमा बन्ने अनि धेरै प्रचार प्रसारमा लगानी लगाउन नसक्ने अनि पत्रकार मित्रहरुको सहयोगको अपिल समेत गरेका छन्।

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।