जनताको सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको : मन्त्री अर्याल

२६ आश्विन २०७५
banner

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममाकुमारी अर्यालले जनताको सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको रहेको बताएकी छन् ।

स्याङ्जा वालिङस्थित मालपोत कार्यालय भवनको शिलान्यास गर्दै उनले देशभरिका मालपोत कार्यालयमा रहेका लिखत धमिरा लागेर पूरै टुक्राटुक्रा भएको अवस्थामा रहेकाले त्यसलाई स्क्यानिङ गरेर राख्ने गृहकार्यमा सरकार लागेको बताइन् ।

मन्त्री अर्यालले सबै मालपोत कार्यालयलाई आइटी प्रणालीमा लौजने र यसलाई डिजिटलमा ढालेर जनताको सम्पत्ति रक्षा गर्ने अभियानका साथ मन्त्रालय अगाडि बढेको चर्चा गर्दै सार्वजनिक जग्गामाथि कर्केनजर लगाउने र अनेक ढङ्गले सार्वजनिक जग्गा कब्जा गरेर आफ्नो नाममा ल्याएको सूचना आउने वित्तीकै सिधै खारेज हुने कानून बनाउन लागिएको जानकारी दिइन।

सार्वजनिक जग्गा कब्जा गर्नेलाई कुनै पनि हालतमा नछोड्ने बताउँदै उनलेले भूउपयोग नीति अन्तिम चरणमा पुगेको छ भनिन। मन्त्री अर्यालले भनिन्, “पाँच वर्षभित्रमा सुकुम्बासी समस्या समाधान गरिनेछ ।”

यसैगरी मन्त्री अर्यालले आजै वालिङस्थित मालपोत कार्यालयको अनलाइन सेवाको शुभारम्भ गरिन। पहिलो सेवाग्राही जीवनाथ पौडेल र गीताकुमारी पौडेललाई संगोलमा जग्गाधनी पुर्जा हस्तान्तरण गरेर अनलाइन सेवाको उनले शुरुवात गरिकी हुन ।

मालपोत कार्यालयको भवन रु पाँच करोड ६० लाख दुई हजार ३८४ को लागतमा निर्माण हुन लागेको मालपोत कार्यालय वालिङले जनाएको छ । 

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l