पर्यटन प्रवद्र्धनमा सांसदको पदयात्रा

१ बैशाख २०७६
banner

साँखु । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ वर्ष विसं २०७६ को पूर्वसन्ध्यामा प्रदेशसभा सदस्य कुसुमकुमार कार्की लगायतको टोलीले शनिबार पदयात्रा गर्ने भएका छन्।

शिवपुरी एकीकृत पर्यटन विकास समितिको आयोजना तथा प्रदेशसभा सदस्य कार्कीको पहलकदमीमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित अवलोकन भ्रमण गर्ने भएका हुन्। 

बूढानीलकण्ठ नगरपालिका–११ राष्ट्रिय शहीद तथा शान्तिपार्क स्मारकबाट शुरु हुने उक्त पदयात्रा बूढानीलकण्ठ नगरपालिका–२ को पञ्चकन्या कोटको थुम्कोमा पुगी समापन हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

नगरपालिकाभित्र पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहेकाले पदयात्राबाट त्यस क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनमा सहयोग पुग्ने प्रदेशसभा सदस्य कार्कीले बताए। यस क्षेत्रलाई ठूलो पर्यटकीय क्षेत्रका रुपमा विकास गराउन पदयात्राको आयोजना गरिएको कार्कीले बताए।

राजधानीमै स्वच्छ वातावरणसहित मनमोहक पर्यटकीयस्थल रहेकाले यसको प्रवद्र्धन गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने सम्भावना रहेको उनको धारणा थियो। कार्कीले उक्त क्षेत्रमा ध्यान मुद्रामा बसेको शिवको मूर्तिसमेत निर्माण गर्ने योजना रहेको बताए।

ताजा भिडियो

अख्तियारको लफडामा विजय गच्छदार । एयरपोर्टमा जे देखियो... । Bijay Kumar Gachhadar l

बामदेव र नारायणकाजीको रोचक प्रतिकृया। Baddev VS Narayankahi l

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |