नीतेश र बार्तिकासंग 'पहिलो भेट' मे २४ मा, मोक्ष मन्त्रको साथमा

१ जेठ २०७६
banner

 

ग्रीस्म यामलाई स्वागत गर्दै यही २०१९ मे २४ तारिक मेमोरीयल वीकेंडको अवसरमा गुर्ख़ाज एंटर्टेन्मेंटको संगितिक कार्यक्रम “पहिलो भेट” बाल्टीमोर, मेरील्यान्डमा हुन गईरहेको छ। उक्त कार्यक्रममा प्रख्यात नेपाली गायक नीतेश जंग कुँवर र गायिका बार्तिका ईयम राई लगायत मोक्ष मंत्रको प्रश्तुती रहने भएको छ।

“हाम्रो नेपालमा”, “फ़्लर्टी माया” र “पहिलो भेट” जस्ता गीतहरूबाट नेपाली मूटूहरू छोएका नीतेश एक बहुमुखी प्रतिभा हुन् जो आफ़नै गीतका शब्द र संगीत रचना गर्छन्।उन्का गीतका शब्दहरू धेरैजसो नेपालीहरूको जिबनकथासंग मेल खाने भएकोले, साथमा उत्कृष्ट स्वर र संगीतले नेपालीहरूको माझ उनी लोकप्रिय भएका हुन्।

यसैगरी बार्तिका ईयम राईले “बिम्ब आकाश”, “तरल” र “उमेर” जस्ता मनमोहक गीतहरूबाट नेपाली संगीतिक परिसरमा आफुलाई चिनाएका छन्।न्यूयोर्कबाट आफ़नो सांगीतिक करीयर शूरूवात गरी रास्त्रिय र अंतरास्त्रिय स्तरमा कैयौ सफल संगीतिक टूरमा लागिसकेका बार्तिकालाई अमेरिकामा नेपाली संगीतको परिचय गराउने एक पारखी मानिंछ।

साथै प्रदर्शनमा हूने मोक्ष मंत्र मेरील्यान्ड
का रक ब्यांड हुन् जो पहिलै देखी डिसी, मेरील्यान्ड र वर्जिनीयाका शोहरूमा प्रदर्शन गर्दै आएका छन्।

अन्तत:, “पहिलो भेट” कार्यक्रमले बाल्टिमोरमा रमाइलो गराउनुका साथै एउटा सुरक्षित बाताबरनमा साथी भाईहरूको मेल गराउने गुर्ख़ाज एंटर्टेन्मेंटको आशा रहेको छ।

For Ticket: https://www.eventbrite.com/e/pahilo-bhet-tickets-60281452447

 

ताजा भिडियो

भ्रष्टाचार गरेको प्रमाणित गर्नुस् झुण्डिएर मर्छु : कुलमान घिसिंङ | Kulman Ghising |

सभामुखले एक्कासी माईक काटेपछि,मच्चियो खैलाबैला | Samsad Baithak |

रामनारायण विडारी जोरसोरले बोल्दा सुन्ने सांसदको थामिएन हाँसो | Ram Narayan Bidari |

कांग्रेसमाथि आक्रामक सुरेन्द्र केसी | Surendra KC |