पाकिस्तान-अस्ट्रलिया पहिलो टेस्ट ड्र

२५ आश्विन २०७५
banner

एजेन्सी । अस्टे्रलियाले आफ्नो टेस्ट इतिहासकै सबैभन्दा लामो चौथो इनिंग खेल्दा पाकिस्तानसँगको पहिलो टेस्ट ड्र गराउन सफल भएको छ । 
यूएईको दुबईमा बिहीबार खेलको अन्तिम दिन अस्ट्रेलियाले दोस्रो इनिंगमा ८ विकेटको क्षतिमा ३६२ रन बनायो । र उसले दोस्रो इनिंगमा १४० ओभर ब्याटिंग गर्यो । 

टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले पहिलो इनिंगमा ४८२ रन बनाएको थियो भने दोस्रो इनिंगमा ६ विकेट गुमाएर १८१ रन बनाउँदा डिक्लियर गरेको थियो । 

यस्तै अस्ट्रेलियाले पहिलो इनिंगमा २०२ रनमात्र बनाउँदा उसले जितका लागि ४६२ रनको विशाल लक्ष्य पाएको थियो । उसका लागि ४ सेसन ब्याटिंग गर्नुपर्ने समय थियो ।

अस्ट्रेलियाले ४ सेसनसम्म ब्याटिंग त गर्यो तर जित्न सक्ने गरि रन बनाउन सकेन । तर कुनै बेला हारको अवस्थामा पुगेको उसले पुरै सेसन खेल्दा ८ विकेटमात्र गुमायो । यसरी ड्रमा अस्ट्रलिया खुसी हुँदा पाकिस्तान भने निराश भयो ।

दोस्रो इनिंगमा अस्ट्रेलियाका लागि पाकिस्तानी मुलका खेलाडी उस्मान ख्वाजाले १४१ रन बनाएका थिए । 

ताजा भिडियो

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।

संसदमा गाँजा गफ। Birodh Khatiwada । Samsad Baithak ।

गृहमन्त्रीलाई प्रतिपक्षी सांसदको प्रश्न : सुन कसरी पित्तल भो ? Ram Bahadur Thapa । Samsad Baithak l