ट्याक्सी खरिद गर्न मिलाई दिन्छु भनी १५ लाख ठगी गर्ने पक्राउ

२७ जेठ २०७६
banner

काठमाडौं । ट्याक्सी खरिद गर्न मिलाई दिन्छु भनी १५ लाख रुपैयाँ ठगी गर्ने नुवाकोट तार्केश्वमर गाउँपालिका ४ बस्ने ४४ वर्षीय राम वस्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

सोमनाथ भट्टराईले ट्याक्सी आवश्यक परेको भनी दैनिक पत्रिकामा बिज्ञापन दिएकोमा वस्तीले भट्टराईलाई फोन सम्पर्क गरी बोलाएर बा ३ ज ३८१० नम्बरको सेतो रङको ट्याक्सी देखाई मूल्य २२ लाख रुपैयाँ कायम गरी जेठ ८ गते १५ लाख रुपैयाँ लिएर बाँकी ७ लाख रुपैयाँ गाडी पास गर्दा दिने भनी विश्वासमा पारी सम्पर्क बिहिन भएकोमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नुवाकोट तार्केश्वार गाउँपालिका ४ बाट पक्राउ गरेको हो।

वस्तीलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ।

ताजा भिडियो

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l