इमरान खानको कदमले भारत त्रसित !

२९ भाद्र २०७५

banner

इस्लामाबाद । भारतले पाकिस्तानी गुप्तचर संस्था आईएसआईमाथि आतंकवाद बढाउ गरेको आरोप लगाइरहन्छ र भारतमा हुने आतंकवादी आक्रमणमा यसको हात रहेको आरोप लगाउँछ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसै गुप्तचर संस्थाको प्रशंसा गरेपछि भारतीय मिडियामा नकरात्मक समाचारहरु प्रकाशित भएका छन् । उनीहरुले इमरानको यस कदमले दुई देशबीचको तनाव थप बढ्ने चेतावीसमेत दिएका छन् ।  

पाकिस्तानले वार्ताको लागि आह्वान गर्दा पनि भारतले वेवास्ता गर्दै आएको छ । पाकिस्तानी प्रधानमन्त्री खानले फेरि भारत विरुद्ध कडा कदम चालेका छन ।

लामो समयदेखिको दुश्मिनीलाई खानको यो कदमले झनैं तनावपूर्ण बनाउने देखिएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खान हालैं पाकिस्तानी शक्तिशाली जासूस एजेन्सी आईएसआईको मुख्यालय गएका छन् ।

उनले देशको रक्षाको पहिलो रेखा नैं आर्इएसआई भएको बताएका छन् ।

एक आधिकारिका अनुसार, अन्तर सेवा खुफिया एजेन्सी (आईएसआई) का वरिष्ठ अधिकारीहरूसँग प्रधानमन्त्रीसँगैं सरकारका अन्य मन्त्रीहरुले पनि रणनीतिक खुफिया र राष्ट्रिय सुरक्षा समस्याबारे छलफल गरेका छन् ।


सेना मिडिया सेन्टर अन्तर सेवा सार्वजनिक सम्बन्ध  (आईएसपीआर) द्वारा जारी बयानअनुसार, प्रधानमन्त्री खानले नेशनल सुरक्षामा आईएसआई को योगदानको चर्चा गरेका छन् । आतंकवाद रोक्न भएको प्रयासको तारिफ गरेका छन् । उनले भने, ‘आईएसआई हाम्रो पहिलो रक्षा लार्इन हो र विश्वको सबैभन्दा उत्तम खुफिया एजेन्सीको रुपमा काम गरिरहेको छ।’ 

खानले आईएसआई अधिकारीहरूलाई बताए कि उनको सरकार र पाकिस्तानका जनता सशस्त्र सेना र खुफिया एजेन्सीहरूको साथमा छन् । खानले यी संस्थाहरूको अभूतपूर्व उपलब्धिहरूको मूल्यांकन गरेको समेत्त बताएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »