घुस लिएको आरोपमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पक्राउ

२६ अषाढ २०७६
banner

धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा डा राजकुमार रौनियार र प्रतिष्ठानका डा. रामहरि रौनियार रु आठ लाख घुस लिएको आरोपमा पक्राउ परेका छन्।
 
प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशनवापत सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले आज निजहरुलाई घुस रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

उनीहरुलाई प्रतिष्ठानको परिसरस्थित उपकुलपति निवासबाट रङ्गेहात नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

ताजा भिडियो

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |

वाफ रे ! संसदमा रामनारायण विडारीको आक्रोश | Ram Narayan Bidari | Samsad |

विप्लवसँग वार्ता बारे सरकार प्रवक्ताको अभिव्यक्ति । Gokul Baskota l