बारामा कटुवा पेस्तोल तथा गोली सहित एक जना पक्राउ

१ बैशाख २०७६
banner

प्रतिनिधिमुलक तस्विर

बारा । बारामा कटुवा पेस्तोल तथा गोली सहित एक जना पक्राउ परेका छन्।

कलैया उपमहानगरपालिका ४ पन्नबाग बस्ने ७५ वर्षीय खड्ग भक्त शर्मा खरेललाई कटुवा पेस्तोल १ थान, बिभिन्न साईजका गोली २३ राउण्ड र खाली म्याग्जिन १ थान सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।

खरेलले अवैध रकम लिएको सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा र जिल्ला प्रहरी कार्यालय बाराबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको उक्त हातहतियार फेला पारी खरेललाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ताजा भिडियो

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l