हत्या गरी फरार रहेका अभियुक्त १९ वर्षपछि पक्राउ

२७ जेठ २०७६
banner

भक्तपुर । सूर्यविनायक नगरपालिका कटुञ्जेकी ३३ वर्षीया विजयेश्वरी प्रजापतिको हत्या गरी फरार रहेका अभियुक्त १९ वर्षपछि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँले पक्राउ गरेको छ।

ब्यूरोले आइतबार पर्सा सुपर्णपुर–४ साविक वेगनास गाविस ५ कास्की घर भएका २५ वर्षीय हाल ४४ वर्षीय देवीरमण अधिकारीलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरी आज अधिकारीलाई महानगरीय प्रहरी परिसर भक्तपुरमा बुझाएको हो।

विसं २०५७ असार ८ गते प्रजापतिको घरमा घरेलु कामदारका रुपमा रहेका अधिकारीले विजयश्वरीलाई कूटो र खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेका प्रहरीले जनाएको छ।

तत्कालीन समयमा मृतकका पति तुलसीभक्त प्रजापति पर्सा जिल्लाको जिल्ला वन प्रमुख रहँदा कार्यालयमा काम गर्ने अधिकारीलाई आफू सरुवा भएसँगै घरमा घरेलु कामदारका रुपमा राखेको पाइएको र मृतकसँग काम गरेवापतको ११ हजार पटक पटक माग गर्दा नदिएपछि हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

हत्या गरी सुन, चाँदी र हिराका गहना तथा नगद चोरी गरी फरार भारतको रक्सौल, बनारस, महाराष्ट्रको पुणे र मुम्बईमा प्रकाश अधिकारीको नाममा बस्दै आएको अुनसन्धानबाट खुलेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।

ताजा भिडियो

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l