आफ्नै छोरीलाई करणी गरेको आरोपमा मन्त्रालयका उपसचिव पक्राउ

२८ जेठ २०७६
banner

ललितपुर । आफ्नै छोरीलाई करणी गरेको आरोपमा मन्त्रालयका एक जना उपसचिव पक्राउ परेका छन्।

सोमबार प्रहरीले १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ती उपसचिवलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उपसचिव रहेका छन्। उनकाे नाम खुलाइएकाे छैन।

महोत्तरी घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षे उपसचिवले आफ्नी छोरीलाई बारम्बार जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।

‘विदेशतिर छोरीलाई करणी गर्छन् नेपालमा पनि गर्दा केही हुँदैन’ भन्दै छोरीलाई करणी गर्दै आएको अनुसन्धानको क्रममा देखिन आएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा भिडियो

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l