जहाँ जेलबाट वीर्यको तस्करी गरेर बच्चा जन्माउन बाध्य छन् महिलाहरु

२२ कार्तिक २०७५

banner

एजेन्सी। प्यालेस्टाइन र इजरायलको दुश्मनी ५० वर्षभन्दा पुरानो भइसक्यो । इजरायसमा बस्दै आएका प्यालेस्टाइनी महिलाहरुले अहिले पनि नरकसमान यातना भोगिरहेका छन् । उनीहरुका पति इजरायलको जेलमा कैद छन् र कैदीका पत्नीहरु यातना सहेर पनि इजरायलमै बस्दैछन् । यी पत्नीहरुले हार मानेका छैनन् । उनीहरु आफ्ना पतिकै शुक्रकिटबाट गर्भवती बनिरहेका छन् । उनीहरुका पतिको शुक्रकिट जेलबाट तस्करीको माध्यमले उनीहरुसम्म पुग्छ । 

जेरुसेलमको अबाल अल मुकाबर क्षेत्रमा बस्दै आएकी सामिया मशाहाराका पति फाहमी १६ वर्षदेखि जेलमा छन् । सामियाका तीन सन्तान छन् जसमा एक छोरा र २ छोरी छन् । तीनै बच्चाको जन्म तस्करी गरेर ल्याइएको वीर्यबाट भएको हो । जेलबाट वीर्यको यो तस्करी फाहमीकी आमाले गरेकी थिइन् । परिवारले हालै जन्मिएका छोरालाई स्वतन्त्रताको आशाको रुपमा हेरेका छन् । 

कैदीका लागि काम गर्ने जेरुसेलम सिभिल कमिटीका अमजद अमु असावका अनुसारजेलबाट वीर्य बिजुलीको करेन्ट वा रिहा भएका कैदीमार्फत बाहिर पठाइन्छ । त्यसपछि महिला आइभीएफ (टेस्ट ट्युब बेबी) ल्याब गएर त्यो वीर्यबाट गर्भधारण गर्छन् । एक अन्य महिला सौदले पनि जेलबाट ल्याइएको पतिको वीर्यबाट छोरी हुर्रिया (जसको अरबीमा अर्थ स्वतन्त्रता हुन्छ) लाई जन्म दिएकी छिन् । सौदका पति समिर अबु फैयाद १८ वर्षदेखि जेलमा छन् । उनीमाथि आतंकवादी गतिविधिमा संलग्न भएको आरोप छ । 

सौद भन्छिन् ‘मलाई थाहा छ कि पति जेलमा हुँदा बच्चालाई जन्म दिनु कति कठिन छ । तर हामी इजरायलको हर प्रतिबन्धो सामना गर्न चाहन्छौं । हामी इजरायलको वेष्ट बैंकमाथि आधिपत्यलाई चुनौती दिन्छौं र बदलामा त्योभन्दा सुन्दर केही हासिल गर्न चाहन्छौं ।’ यद्यपि इजरायलका अधिकारीहरुले यी दावीलाई अस्वीकार गरेका छन् । अधिकारीहरुको दावीअनुसार परिवार र कैदीको भेट कडा सुरक्षाका बीच गराइन्छ । कुनै पनि चीज जेलबाट बाहिर जाने प्रश्नै उठ्दैन । 

अर्कोतर्फ इजरायली जेल अथोरिटीका प्रवक्ता सिवान विट्सम्यानका अनुसार उनीहरुले वीर्यको तस्करी गर्दै गर्दा केही कैदीलाई पक्राउ गरेका छन् । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार इजरायलका जेलमा ५ हजार ५ सय प्यालेस्टिनी छन् । इजरायलले प्यालेस्टिनीहरुलाई बिना कुनै मुद्दा वा सुनुवाइ जेलमा हाल्ने गरेको भन्दै ष्सको व्यापक आलोचना पनि भइरहन्छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »