पाल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते

२४ अषाढ २०७६
banner

प्रतिनिधिमुलक तस्विर

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–३, देउराली नजिकै जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

मृत्यु हुनेमा पाल्पा रैनादेवी छहरा गाउँपालिका–५ की ७० वर्षीया भूमादेवी बुढाथोकी रहेकी छिन्। तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा बुढाथोकीको मृत्यु भएको हो।

घाइते १४ जनाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आज बुटबलबाट तानसेन हुँदै सर्देवातर्फ गएको लु अब ४१९४ नं को बलेरो जीप आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरी चौकी हार्थोकका प्रहरी नायब निरीक्षक नोखबहादुर थापाले बताए।
 
जीप दुर्घटना भई सडकदेखि ३० मिटर तल खसेको छ। प्रहरीका अनुसार दुर्घटनाको प्रारम्भिक अनुसन्धान जारी छ। घाइतेमध्ये ६ जनाको अवस्थामा गम्भीर रहेको छ।

ताजा भिडियो

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |

वाफ रे ! संसदमा रामनारायण विडारीको आक्रोश | Ram Narayan Bidari | Samsad |

विप्लवसँग वार्ता बारे सरकार प्रवक्ताको अभिव्यक्ति । Gokul Baskota l