पाण्डवेश्वर महादेव धाम प्रवद्र्धनमा सरकारको साथ रहन्छ : मन्त्री अधिकारी

२६ माघ २०७५
banner

काठमाडौँ। दाङमा अवस्थित पाण्डवेश्वर महादेव धामको प्रवद्र्धनमा सरकारको विशेष प्राथमिकता रहेको पर्यटन मन्त्री रविन्द्र अधिकारीले बताएका छन्।

पाण्डवेश्वर धामजस्ता धार्मिक आस्थाको धरोहरुको प्रवद्र्धन गरि आन्तरिक तथा बाह्रय पर्यटक पुर्याउन सरकारले धामको विकासमा लाग्ने मन्त्री अधिकारीले बताए।

पर्यटन प्रवद्र्धनमा स्थानीयको जागरुकताले धारापानी एक नमूना भएको चर्चा गर्दै  सरकारको सबैखाले साथ र सहयोग रहने प्रवितवद्धता व्यक्त गरे।

पाण्डवेश्वर महादेव धाम मुल आयोजक समितिका प्रतिनिधिसंग शनिबार मन्त्री निवासको भेटघाटमा उनले यस्तो बताए हुन्।

कार्यक्रममा मन्त्री अधिकारीले स्थानीय दानवीरहरुको दानबाट धार्मिक पर्यटन प्रवद्र्धनमा उल्लेख्य प्रगाति भएकोमा खुशी व्यक्त गर्दै पूर्वाधार प्रवद्र्धनमा सरकारले थप मद्दत गर्ने आश्वासन दिए।

महायज्ञको प्रमुख अतिथि रहेका मन्त्री अधिकारीले पर्यटन क्षेत्रमा सबैको साथ र हात रहन सके कायापलट गर्न सकिने दावी गरे। पर्यटन प्रवद्र्धनमा  स्थानीय, प्रदेश, केन्द्र सरकार र स्थानीयको उत्तिकै महत्वपूर्ण भूमिका पनि रहको उनने बताए।

धामको प्रवद्र्धन तथा भौतिक विकासको लागि आगामी फाल्गुन ११ देखि फाल्गुन १८ सम्म महायज्ञको आयोजना गरिएको छ।

पाण्डवेश्वर महादेव मन्दिर परिसरमा श्रीमद् भागवत ज्ञान महायज्ञ तथा विराट आध्यात्मिक पर्या–पर्यटकीय केन्द्र स्थापनार्थ कार्यक्रम आयोजना गरिएको मुल आयोजक समितिका महासचिव विष्णुराम आचार्यले बताए।

मुल आयोजक समितिका महासचिव विष्णुराम आचार्यको संयोजनमा गएको टोलीले मन्त्री अधिकारी, राष्ट्रिय सभा सदस्य कोमल वलीलाई समेत भेट गरेको छ।

राष्ट्रिय सभा सदस्य कोमल वलीले धार्मिक आस्थाको केन्द्र धामको भौतिक तथा प्रवद्र्धनात्मक कार्यमा आफूहरुको सधै साथ रहने प्रतिवद्धता व्यक्त गर्दै महायज्ञलाई पूर्ण सफल बनाउन सबैले साथ सहयोग गर्नुपर्ने बताइन्।

महायज्ञको सफलता भनेको नै दाङको विकासको नयाँ आयामको शुरु हुने उनको  भनाई छ। त्यसैगरी प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले दाङको पर्यटन विकासका लागि सबै तह र तप्काले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

जनप्रतिििनधिको हैसियतले पूर्वाधार लगायत प्रवद्र्धन र प्रचार प्रसारको लागि सरकारलाई घच्घच्याउने प्रतिवद्धता व्यक्त गरे।

महासचिव विष्णराम आचार्यको नेतृत्वमा, उपाध्यक्ष, शंकर गौतम, पर्यटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार)ले पर्यटन मन्त्री, राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य लगायतका व्यक्तित्वसंग भेटघाट गरेको हो।

टोलीले शुक्रबार डाक्टर भिर्माजुन आचार्यसंग र राप्ती समाज काठमाडौँ प्रविणकुमार रेग्मीसंग पनि भेटघाट गरेको छ। महासचिव विष्णुराम आचार्यका अनुसार आइतबार उद्यमी, व्यवसायी, उच्च पदस्थ अधिकारीहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताएका छन्।

महायज्ञ सम्पन्न गर्न गणेश अधिकारीको अध्यक्षतामा ३ हजार एक सदस्यीय मुल आयोजक समिति गठन गरेको छ भने त्यसको निर्देशकमा प्रदेश सभा सदस्य अमर डाँगी रहेका छन्। महायज्ञको कथाबाचन बाचन प्रविण पण्डित दीनबन्धु पोखरेलले गर्ने भएका छन्।

महायज्ञको उदेश्य र लक्ष्य

महायज्ञको  उद्घाटन पर्यटन मन्त्री रवीन्द्र अधिकारीले फाल्गुन १४ गते गर्ने भएका छन्, कार्यक्रम फाल्गुन ११ देखि नै शुरु हुनेछ। कार्यक्रममा विश्वकै अग्लो त्रिशुलको औपचारिक उदघाटन हुनेछ। वार्षिक १० लाख धार्मिक पर्यटकलाई भित्र्याउने उदेश्यका साथ महायज्ञको आयोजना गरिएको हो।

पछिल्लो अनुमानित तथ्याँक अनुसार दैनिक हजार हाराहारीमा धारापानीको अध्ययन अवलोकन गर्न मानिसहरु पुग्ने गरेका छन्। आन्तरिक तथा बाह्रय पर्यटकको रोजाईमा पर्ने धाम सबै आस्थावानहरुको गन्तव्य बन्दै गएको छ।

धार्मिक महत्व तथा प्राकृतिक सौन्दर्यताले सजिएको धाम क्षेत्र पर्यटनका सबै आयामले अब्बल भएको पर्यटन विज्ञहरुको प्रतिक्रृया छ। शिव धाम भएकोले महाशिवरात्रीमा साविकको मध्यपश्चिमकै ठूलो संख्यामा भक्तजनहरु पुग्ने गर्दछन्।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l