पार्टी युवा संगठनको एकीकरण दुईदिनमा सकिने दाहालको दावी

१ जेठ २०७६
banner

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका युवा संगठनहरुको एकीकरणको काम दुई दिन भित्र टुंगो लगाइने घोषणा गरे । 
अध्यक्ष दाहालले जनवर्गीय संगठनहरुको एकीकरणको कामलाई पनि २ दिन भित्र सम्पन्न गर्न आफूले जोड दिएको पनि स्पष्ट पारे । 

उनले मदन भण्डारी स्मृति दिवसको अवसर पारेर जेठ ३ गते पार्टीका सबै जनवर्गीय संगठनहरुको एकीकरणको काम सम्पन्न हुने गरी मंगलबार बिहान पार्टीको सचिबालयको बैठक बोलाइएको पनि जानकारी दिए । 

युवा संघ, नेपालको स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मदन भण्डारी स्मृति दिवसको दिन युवा संगठनहकरुको एकीकरण भने हुने घोषणा पनि गरे । अन्य संगठनहरुको एकीकरणको काममा केही ढिलाई हुन सक्ने अध्यक्ष दाहालको भनाई छ । 

अध्यक्ष दाहालले पार्टीका नेताहरु केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन आफूले पहल गरेको स्मरण पनि गराए । उनले आफूले केही गर्न खोजेको उल्लेख गर्दै पार्टीका नेताहरुको साथ र सहयोगको अपेक्षा गरिएको पनि बताए । तर उनले के गर्न खोजेको हो भन्ने चाँही स्पष्ट पारेनन् । अध्यक्ष दाहालले जनता र राष्ट्रको चाहना र भावनाको जगमा दुई पार्टीबीच एकता भएको पनि स्पष्ट पारे । 

ताजा भिडियो

EXCLUSIVE...| सुकेधारा विस्फाेट | Sukedhara Bispot |

अनामनगर विस्फोट । घटनास्थलमा जे देखियो ... । Anamnagar l

उद्दारमा खटिएकाले आँखै अगाडि जे देखे... । सुकेधारा घटना ।

सुकेधारा विस्फोट लाइभ । Sukedhara Live -3