'जनस्वास्थ्य विधेयक, २०७५' पारित

२९ भाद्र २०७५
banner

काठमाडौँ। ‘जनस्वास्थ्य विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ।

विधेयक पारित गरियोस् भनी उपप्रधानमनत्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उक्त प्रस्ताव पेश गरेका थिए।

यस अघि मन्त्री यादवले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको जनस्वास्थ्य विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

छलफलमा सांसद प्रेम सुवालले मात्र भाग लिए। विधेयकका बारेमा पर्याप्त छलफल गर्ने समय नदिइएको उनले गुनासो गरे। सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विधेयकमा सरकारी, सहकारी र गैर सरकारी संस्थाले सञ्चालन गर्ने स्वास्थ्य संस्थालाई व्यवस्थापन एवं नियमन गर्ने विषय समेटिएको बताए।

रोग लाग्नबाटै जोगाउने र लागिहालेमा उपचार गर्ने अधिकार सुनिश्चित गरिएको उनको भनाइ थियो। बैठकले विधेयकको दफा एकदेखि ६० सम्म समितिले गरेको संशोधनलाई अङ्ग बनाउने प्रस्ताव पनि स्वीकृत गरेको छ।

ताजा भिडियो

घुस संवाद भित्र छिर्दा...। Raj Narayan Pathak l Ghus Kanda l

प्रचण्डको उद्घोषः यो नबिर्सनु कि, मैले अड्डी कसेँ भने धेरै कुरा हुन्छ । Prachanda Speech l

मारुनीको शुभमूर्हतमा साम्राज्ञी र पुष्पको यस्तो केमेष्ट्री | Samragee Rl Shah | Puspa Khadka |

नायिका बर्षा राउत र संजोग कोइरालाको बिवाहको रौनक | Barsha and Sanjog Marriage |