मातृभूमिको लागि प्रवाशी नेपालीको नौलो अभियान, ‘हामी नेपाली ग्लोबल’ न्युयोर्कबाट सुरु

२३ कार्तिक २०७५
banner

लसएन्जलस । धर्म, राजनीति र सम्प्रदायमा विभक्त हुँदै आएको प्रवाशी नेपालीको विभाजित परम्परालाई तोड्दै स्वतन्त्र भावनाले संगठित भएका संसारभरिका नेपालीहरुको संस्था हामी नेपाली ग्लोबलले समृद्ध मातृभूमि निर्माण अभियानका लागि आर्थिक लगानी, शिप तथा दक्षता हस्तान्तरण र लोक कल्याणकारी कार्य गर्ने उद्धेश्यले विश्वको आर्थिक राजधानी न्युयोर्क शहरमा आगामी नोभेम्बर २४ तारिखका दिन नेतृत्व र कार्यक्रम सार्वजनिक गर्ने भएको छ।

संस्थापक एवं अभियन्ता टेक वाइवा लामाले दिएको जानकारी अनुसार धर्म, राजनीति र सम्प्रदायमा विभक्त हुँदै आएको प्रवाशी नेपालीको विभाजित मानसिकता तोड्दै मातृभूमिको सेवामा समर्पित प्रबुद्ध गैर आवासीय नेपालीलाई संगठित गर्दै आर्थिक समृद्धि, सांस्कृतिक पहिचानको निरन्तरता, नेपाली जातिको एकता र सहकार्यको लागि सवै गैर आवासिय नेपालीको अभाव र चाहना महसुस पुरा गर्न संसारभरिका नेपालीहरु संलग्न रहेको सामाजिक संस्था हामी नेपाली ग्लोबल अभियान सुरु गर्न लागिएको जानकारी दिए।

अभियन्ता लामाका अनुसार संसारभरिका प्रबुद्ध नेपालीहरु संस्थाको अभियानमा जोडिएको र इच्छुक प्रवाशी नेपालीहरु यो अभियानमा संलग्न हुन सक्ने बताए। अभियन्ता लामाले संसारभरिका प्रबुद्ध नेपालीहरुलाई हामी नेपाली ग्लोबल अभियानमा जोडिएर मातृभूमिको हितमा काम गर्न आग्रह गर्दै आगामी नोभेम्बर २४ तारिखका दिन विश्वको आर्थिक राजधानी न्युयोर्क शहरमा आयोजना हुने संस्थाको पहिलो नेतृत्व चयन सार्वजनिकीकरण समारोहमा सहभागी हुन समेत अनुरोध समेत गर्नु भएको छ।

संस्थाले दिएको जानकारी अनुसार प्रवाशी नेपालीको हितमा सामुहिक लगानीको अवसर, संभावना र मातृभूमिको हितमा लगानी र लोककल्याणको कार्य संचालन गर्न नेपाल सरकार र त्यसका निकायसंग समन्वय सुरु गरिसकिएको र प्रवाशी नेपालीको विदेश स्थित संघ संस्थासंग साझेदारीको पहल समेत सुरु भैसकेको छ।

संस्थाले प्रवाशमा रहेर ज्ञान, शीप र दक्षता हाँसिल गरेका प्राज्ञ, विज्ञ र प्राबिधिक जनशक्तिलाई यो अभियानमा जोडिन आव्ह्वान गरेको छ। संस्थाले विदेशमा रहेका नेपालीहरुलाई एकताको सुत्रमा जोड्न र सामजिकिरणको अभियान सुरु गर्न विश्वव्यापी संजाल निर्माण गर्दै अमेरिकी राज्यहरु र सम्बन्धित देशहरुमा च्याप्टर निर्माणको प्रक्रिया समेत सुरु भैसकेको भएको जनाएको छ।

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l