चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक

४ बैशाख २०७६
banner

काठमाडौं । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘पसिना’को ट्रेलर सार्बजनिक गरिएको छ।

नयाँ वर्ष २०७६ को अवसर पारेर केहि दिन अघि मात्र चलचित्रको फर्स्ट लुक सार्बजनिक गरिएको थियो मजदुरहरुको कथा व्यथा समेटिएको चलचित्र ‘पसिना’ को सार्बजनिक ट्रेलरमा चलचित्रका सम्पूर्ण मुख्य कलाकार गौरव पहाडी,अनु शाह,सरोज खनाल, रबि गिरि, सुरजनी केसी, शिब शंकर रिजाल, सरोज अर्याल, सरिताराज उपाध्याय, जयनन्द लामालार्इ मुख्य स्थान दिइएको छ।

साहिल खानले काटेको ट्रेलर आकर्षक बनेको छ। आर बि खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्र ‘पसिना’ मा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज रार्इको संगीत, नबिन निरौलाको सम्पादन, शिब बिक र राजीब समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ।

‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्र समसामयिक कथामा बनेको छ। पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश चलचित्रले दिने निर्देशकले बताए।

आरबी खत्री ‘शरद’ को कथा रहेको ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन्। बैशाख २७ गते बाट प्रदर्शनमा आउने चलचित्रका कार्यकारी निर्माता संजय महतो हुन्। चलचित्रको ट्रेलर यसै साता सार्बजनिक गर्ने योजनामा निर्माण टिम रहेको छ।

ताजा भिडियो

EXCLUSIVE...| सुकेधारा विस्फाेट | Sukedhara Bispot |

अनामनगर विस्फोट । घटनास्थलमा जे देखियो ... । Anamnagar l

उद्दारमा खटिएकाले आँखै अगाडि जे देखे... । सुकेधारा घटना ।

सुकेधारा विस्फोट लाइभ । Sukedhara Live -3