खेलकूद पत्रकार राजवंशीलाई मातृशोक

२७ पौष २०७५
banner

काठमाडौँ । पत्रकार एवं नेपाल खेलकूद पत्रकार मञ्चका पूर्वअध्यक्ष निरञ्जन राजवंशीलाई मातृशोक परेको छ । 

विगत ६ महीनादेखि मिर्गौलाकोे उपचार गराइरहनुभएकी उहाँकी ७४ वर्षीया आमा राधा राजवंशीको आज उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।

स्वर्गीय राजवंशीका दुई छोरा र चार छोरी छन् । आजै उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो।यसैबीच, मञ्चले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पत्रकार राजवंशीका शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ।

ताजा भिडियो

छ्या ! बस पार्कको दृश्य । Kathmandu Buspark l DC Road Show- EP-1 l

म भनेर हाेईन गरेर देखाउछु : प्रधानमन्त्री ओली || Pm Kp Sharma Oli ||

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |