प्रश्न पुरुषसंग 

१९ आश्विन २०७५
banner

मुना बोहोरा

घरबाट बाहिर निस्किने बेला 
मन यसै झस्किन्छ ।

कोही मेरो बलात्कारमा बाटो ढुक्दै छ
कोही मेरो हत्यामा बाटो कुर्दै छ 
एकाएक म बलात्कृत भएको 
हत्या गरिएको अवस्थामा पुग्छु ।

मृत्यु शाश्वत छ 
मेरो मृत्यु अवश्य छ 
फेरि कोही किन 
मलाई मार्न हतारिन्छ ।

आमा, छोरी बहिनीसंग भएका अंग मसंग छन् 
फेरि कोही मलाई किन बलात्कार गर्न लालायित छ। 

म स्वतन्त्र भएर हिड्न 
म ढुक्क भएर बाच्न 
किन सकिरहेको छैन ।

किन म 
हरक्षण बलात्कार र हत्याको संकेतले 
त्रसितत्रसित छु। 
किन 
घरबाट बाहिर निस्किने बेला 
मन यसै झस्किन्छ ।

तिमी पुरुषसंग म प्रश्न गरिरहेको छु।

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।