नक्सामा बाटो खोज्दै गर्दा गुगल म्यापमा देखियो यस्तो, जीवनमा आयो भूकम्प

२६ आश्विन २०७५

banner

एजेन्सी। पेरुका एक व्यक्ति कहीँ जान खोज्दै थिए तर जाने ठाउँबारे उनलाई राम्रोसँग थाहा थिएन किनकि उनी पहिले त्यहाँ गएका थिएनन् । उनले त्यहाँसम्म जानको लागि गुगल म्यापको सहारा लिए । उनले गुगल म्यापमा हेर्दै गर्दा यस्तो दृश्य देखे जसले उनको जीवनमा भूकम्प आयो ।

दक्षिण अमेरिकी देश पेरुको राजधानी लिमामा रहने ती व्यक्तिले गुगल म्याप हेरेर थाहा पाए कि उनकी पत्नीले उनलाई धोका दिइरहेकी छिन् । 
ती व्यक्ति त्यस दिन गुगल म्यापको सहयोगमा बाटो खोज्ने प्रयास गर्दै थिए । अचानक म्यापमा उनले एक तस्वीर देखे । तस्वीरमा देखिएकी महिलाले हुबहु उनकी पत्नीजस्तै कपडा लगाएकी थिइन् । जब उनले ध्यानपूर्वक हेरे अनि थाहा पाए कि ती महिला उनकी पत्नी नै थिइन् । उननकी पत्नी आफ्ना प्रेमीसँग प्रेमालापमा मस्त थिइन् । त्यसपछि उनी घर गए । उनले पत्नी घर फर्किंदासम्म पर्खिए । 

पत्नी आउनासाथ उनी पत्नीसँग रिसाए । सुरुमा त पत्नीले यो सबै झुटो भएको बताइन् तर जब उनले फोटो देखाए त्यसपछि सबै कुरा स्वीकार गरिन् । यो जोडीको नाम सार्वजनिक भएको छैन । ती व्यक्तिले यो फोटो देखेपछि पत्नीसँग सम्बन्धविच्छेद गरे । गुगल स्ट्रीट भ्यू र गुगल म्यापमा भेटिएका फोटोका कारण हंगामा मच्चिएको यो पहिलो घटना भने होइन ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »