युरोपको लोकप्रिय फोटोकपी पेपर काठमाडौंमा

१ चैत्र २०७५
banner

काठमाडौं । युरोपको लोकप्रिय फोटोकपी पेपर आइ क्यु प्रिमियम र माएस्ट्रो सुप्रिमको काठमाडौंमा विक्री शुरु गरिएको छ।

अष्ट्रियाको मोन्डि ग्रुपले फोटोकपी पेपरको उत्पादन गर्दै आइरहेको हो। आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि विक्रि शुरु गरिएको छ।

ननकोटेड कागजमा विश्व कै सर्वोकृष्ट कागज दावी गर्ने मोन्डि ग्रुपको फोटोकपी पेपर गुजरातस्थित एक्सेल इन्टरप्राइजेजको सहकार्यमा ग्रीन एन्ड क्लिन कम्पनी प्रालिले काठमाडौंमा भित्राएको हो। रंगिन फोटोकपी, फोटो छपाइ, विभिन्न प्रकारका प्रतिवेदनहरु तथा किताब छपाइमा पेपरको प्रयोग गर्न उपयुक्त हुने कम्पनीले दावी गरेको छ।

प्रिन्टरको टोनर कम खर्च हुने तथा चिल्लो कागजमा जस्तै गुणस्तरिय फोटो छपाइ गर्न सकिने कार्यक्रममा बताइएको थियो। फोटोकपी पेपर दराज अनलाइन मार्फत विक्री गरिने जानकारी कार्यक्रममा दिइएको थियो।

शुभारम्भ कार्यक्रममा एक्सेल इन्टरप्राइजेजका निखिल ओझा तथा ग्रीन एन्ड क्लिन कम्पनीका सकिल अहमद खानलगायतले कार्यक्रममा मन्तव्य राखेका थिए।

ताजा भिडियो

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l

संसदमा अर्को ठूलो हंगामा, प्रधानमन्त्री घेराबन्दीमा, सम्बोधन नै स्थगित । Samsad Hangama l PM KP Oli