महिलाले ट्वाइलेट सम्झेर विमानको इमरजेन्सी ढोका खोलिदिएपछि...

२९ जेठ २०७६
banner

photo: CNN

लण्डन। बेलायतको म्यानचेस्टर विमानस्थलमा शनिबार एक महिलाले पाकिस्तान यन्टरनेशल एयरलाइन्सको विमानको इमरजेन्सी ढोका खोलिदिइन् । महिलाले इमरजेन्सी ढोकालाई ट्वाइलेटको ढोका ठानेर यस्तो गरेकी थिइन् । यो घटनाका कारण विमानको उडानमा ७ घण्टा ढिलाइ भएको सिएनएनको समाचारमा उल्लेख छ । विमान म्यान्चेस्टरबाट इस्लामाबाद आउँदै थियो । 

घटनाका बेला विमान पीके ७०२ रनवेमा थियो । महिलाले झुक्किएर इमरजेन्सी गेटको बट दबाइदिइन् । विमानमा ४० यात्री सवार थिए । घटनापछि उडानमा ७ घण्टाको ढिलाइ भयो । मानक व्यवस्थाका अनुसार सबै यात्रीलाई विमानबाट निकालियो । उनीहरुलाई खानपिनको व्यवस्था गरियो र अर्को विमानबाट इस्लामाबाद पठाइयो । 

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l