आफै जहाज बनाएर उडाउने दुई 'पाइलट'को भेटः अमेरिकाबाट सरोज भेट्न चितवन पुगे प्रमोद (भिडियो)

८ कार्तिक २०७५

banner

काठमाडौँ । अमेरिकामा आफैले जहाज बनाएर उडाएका नेपाली पाइलट प्रमोद रेग्मी र चितवनमा आफैले प्यारामोटर बनाएर उडाएका सरोज प्रजा (चेपाङ) बीच भेट भएको छ । उनीहरूबीचको भेटका सेतु हुन्-प्रविधि विज्ञ महाविर पुन, जो पाइलट प्रमोदको जहाजमा अमेरिकी आकाशमा उड्ने पहिलो यात्रु थिए ।

दशैँ मनाउन नेपाल आएका पाइलट प्रमोद सरोजलाई भेट्न चितवन पुगेका हुन् । आफ्नो सीप, अथक मेहनत र बेजोड संघर्ष गरेर आफैले बनाएको विमानमा आकाशमा उडेका दुईजना प्रतिभाबीचको भेट जुराउएका महाविर पुनले आफ्नो एउटा चाहना पूरा भएको प्रतिकृया दिए । उनले भने–‘एकजना इन्टरनेशनल पाइलट, अर्को लोकल पाइलटबीच भेट गराउन चाहेको थिएँ, भयो,’ पुनले भने ‘उहाँहरू दुबैजनाको भेटले आपसमा ज्ञान र सीप बाँड्न र अनुभवहरू साटासाट गर्न सहयोग पुग्यो ।’

पाइल्ट प्रमोदले सरोजसँगको भेटको भिडियो आफ्नो युटुवमा राखेका छन् । उनले दशैँ मनाउने क्रममा नेपाल भ्रमणमा रहेको र आफै जहाज बनाएर उडाउने एकजना पाइलटको नाताले सरोजसँग भेट्ने अति इच्छा रहेको भन्दै नेपाल आएको मौकामा सरोजलाई भेट्न चितवन पुगेको बताएका छन् । उनले भनेका छन् ‘सरोजसँग मेरो भेट महावीर पुनदाईलाईले गराउनु भएको हो, महावीर दाइसँगै म चितवन पुगेको हुँ ।’

प्रमोदेले आफ्नो भिडियोमा भनेका छन्- ‘सरोजजस्ता प्रतिभालाई राज्यले कसरी प्रोत्साहन दिने र उनीहरूको सीपबाट देशले फाइदा लिने विषयमा खासै चासो दिएको जस्तो लागेन । सरोजले उडाएको जहाजको विजोग अवस्था देखेर मलाई निकै नमज्जा लाग्यो । नेपालमा प्रतिभाको कमी छैन, तर प्रतिभाहरू त्यसै खेर गएका छन् । सरकारले सरोजजस्ता प्रतिभाहरूलाई चिनोस्, मेरो यही अपेक्षा छ।’

पाइलट प्रमोद र सरोज चेपाङबीचको भेटको यो भिडियो हेर्नुस्ः

Leave a reply

HTML Tags are not supported

Post My Comment »