इथियोपियन एयरलाइन्स दुर्घटना : ‘मृतकमध्ये एक गोर्खाकी एकता अधिकारी

२७ फाल्गुन २०७५
banner

काठमाडौँ। इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परेर आइतबार अपरान्ह ज्यान गुमाउने १५७  जनामध्ये एकजना नेपाली युवती परेकी छिन्। दुर्घटनामा गोर्खा मुल घर भएकी एकता अधिकारीको निधन भएको छ।


इथियोपियाको राजधानी अदिस अबावाबाट केन्याको राजधानी नैरोवीतर्फ उडेको विमान धावनमार्ग छाडेको केही बेरमै दुर्घटनाग्रस्त भएको थियो।

इथियोपियास्थित राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रममा कार्यरत अधिकारी सोही विमानमा आफ्ना ४ सहकर्मीका साथ केन्याकोतर्फ औपचारिक काममा जाँदै थिइन्।

विमान इटी ३०२ मा सवार सबै १५७ यात्रुको निधन भएको थियो। मृतकहरु बिभिन्न ३५ राष्ट्रका नागरिक रहेकोमा सबैभन्दा बढी केन्या र क्यानडाका छन्। मृतक एकताका बारेमा काठमाडौंस्थित सम्बद्ध परिवारलाई विश्व खाद्य कार्यक्रम मुख्यालयले जानकारी गराइसकेको मृतक परिवारसँग नजिकको सम्बन्ध भएका सुवास अधिकारीले बताए ।

एकता दई वर्ष अघिसम्म नेपालकै विश्व खाद्य कार्यक्रमसम्बद्ध रहेर काठमाडौंमा कार्यरत थिइन् । विशेषतः नेपालमा आएको २०७२ को भूकम्पपछिको विपत्को स्थितीमा एकता विश्व खाद्यको ‘आपतकालिन राहत कार्यक्रम’मा संलग्न थिइन् । कान्तिपुर दैनिक

ताजा भिडियो

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l

प्रधानमन्त्रीको कडा अभिव्यक्तिः राजावादी र विप्लवलाई दनक, सिके राउत सुध्रिए l PM KP Oli Speech l

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन भाग- १ । PM KP Oli Speech l

कार्यालय तर्फ जाँदै गर्दा...। Help Vlog l