यी खेलाडी जसले आफ्नै साथीको धरबार भताभुंग बनाइदिए

२९ फाल्गुन २०७५
banner

काठमाडौं । हामी चाहन्छौ हाम्रो जीवनमा कसैले पनि धोका नदेओस् । खेल जीवनमा धेरै व्यक्तिहरुसँग संगत हुन्छ । कतिपय अभिन्न मित्र बन्छन् तर त्यही मित्रले कहिलेकाही ठूलै धोका दिने गर्छन् । आफ्नो निजी जीवनमा उनीहरुको प्रवेश घातक बन्न पुग्छ । उनीहरुलाई यति धेरै विश्वास गरिन्छ कि पछि आफू नै पछुताउने समय आउने गर्छ । केही यस्तै खेलाडीहरु रहेका छन् जसले आफ्नै मिल्ने साथीको श्रीमती उठाइदिए । 

१. मुरली विजय र दिनेश कार्तिक

मुरली विजय र दिनेश कार्तिक मिल्ने साथी थिए । तर मुरली विजयले आफ्नै मिल्ने साथीलाई यसरी धोका दिए कि दिनेश कार्तिक धेरै वर्षसम्म सम्हालिन सकेनन् । एक समय यस्तो पनि थियो जब उनीहरुको मित्रताको ठूलै खबर बन्ने गथ्र्यो । दिनेशकी श्रीमतीसँग मुरलीको अफयेरले सबै सम्बन्ध लथालिंग बन्यो । अन्तत दिनेशकी श्रीमती निकिता मुरलीकी श्रीमती बन्न पुगिन् ।

२. टोनी पार्कर र ब्रेट बेरी

टोनी पार्कर ब्रेट बेरी कुनै समय सबैभन्दा मिल्ने साथी रहेका थिए । तर, उनीहरुको सम्बन्ध बिग्रिन कत्ति पनि बेर लागेन जब ब्रेटले आफ्नी श्रीमती र टोनीको सम्बन्धबारे थाहा पाए ।  

३. पावेल व्युरो र सर्जेइ फेडेरो

पावेलको अफेयर टेनिस खेलाडी अन्ना कुर्निकोवासँग चलिरहेको थियो । लामो समयसम्म उनीहरु एकअर्कालाई डेट गरिरहेका थिए । तर, सर्जेडको आगमनले सबै भताभुंग भएको थियो । पावेललाई जब झट्का लाग्यो जब अन्नाले पावेलको नजिकको साथी सर्जेइसँग विवाह गरिन् । 

४. जोन टेरी र वायन ब्रिज

वायन ब्रिजलाई आफ्नै साथी जोन टेरीले धोका दिए । उनीहरुको आत्मीयता त्यतिखेर सकियो जब जोनी टेरीले भनेसासँग अफेयर चलाए ।  

५. जेम्स लेब्रोयन र डेलौट वेस्ट

यहाँ त कहानी नै बडा गजबको बनेको थियो । जेम्स र डेलौटको सम्बन्ध तब तोडियो जब जेम्सकी आमाको डेलौटसँग अफेयर चलेको कुरा बाहिर आयो ।  

६. उपुल थरंगा र तिलकरत्ने दिलशान

श्रीलंका टोलीका चर्चित खेलाडीहरु पनि यस कुरामा पछि परेनन् । दिलशान र उनको श्रीमतीबीच राम्रो सम्बन्ध रहेको थिएन । तर, उनीहरुको सम्बन्ध पनि टुटेको थिएन । जब उपुल उनीहरुको जीवनमा प्रवेश गरे तब यसको फाइदा उठाउँदै दिलशानसँगको सम्बन्ध श्रीमतीले तोड्न बाध्य भइन् । 

ताजा भिडियो

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l

प्रधानमन्त्रीको कडा अभिव्यक्तिः राजावादी र विप्लवलाई दनक, सिके राउत सुध्रिए l PM KP Oli Speech l

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन भाग- १ । PM KP Oli Speech l

कार्यालय तर्फ जाँदै गर्दा...। Help Vlog l